NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Mandatory Stress Testing Introduced for Mutual Funds, Seed Capital Relief for Strong Perf...
     म्युचुअल फण्डमा ‘स्ट्रेस टेस्ट’ अनिवार्य, राम्रो कार्यसम्पादन गर्ने व्यवस्थापकलाई बीउ पूँजीमा सहुलियत
    Top
    2 min read
    Updated on January 19, 2026
    NEPSE TRADING

    म्युचुअल फण्डमा ‘स्ट्रेस टेस्ट’ अनिवार्य, राम्रो कार्यसम्पादन गर्ने व्यवस्थापकलाई बीउ पूँजीमा सहुलियत Mandatory Stress Testing Introduced for Mutual Funds, Seed Capital Relief for Strong Performers

    नेपाल धितोपत्र बोर्ड (नेपाल धितोपत्र बोर्ड) ले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) क्षेत्रलाई थप अनुशासित, पारदर्शी र जोखिमप्रति सजग बनाउन नियमावलीमा महत्वपूर्ण संशोधन गरेको छ। सामूहिक लगानी कोष नियमावली, २०६७ अन्तर्गत नियम २९(२) मा नयाँ व्यवस्था थप गर्दै बोर्डले म्युचुअल फण्डहरूका लागि ‘स्ट्रेस टेस्ट’ (दबाब परीक्षण) अनिवार्य गरेको हो। बोर्डका अनुसार यो व्यवस्था २०८२ माघ १ गतेदेखि लागू हुनेछ, जसले बजारमा आउन सक्ने सम्भावित जोखिमको पहिचान र व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    नयाँ व्यवस्था अनुसार अब प्रत्येक योजना व्यवस्थापकले आफ्ना म्युचुअल फण्ड योजनाहरूमा अर्धवार्षिक रूपमा दबाब परीक्षण गर्नुपर्नेछ। यसका लागि उपयुक्त मोडेल तयार गरी परीक्षणबाट प्राप्त प्रतिवेदन कोष सुपरिवेक्षक र योजना व्यवस्थापकको सञ्चालक समितिमा छलफल गराउनुपर्नेछ। छलफलपछि तयार गरिएको अन्तिम प्रतिवेदन अर्धवार्षिक अवधि समाप्त भएको एक महिनाभित्र धितोपत्र बोर्डमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। यससँगै, प्रत्येक योजना व्यवस्थापकले अनिवार्य रूपमा जोखिम व्यवस्थापन नीति (Risk Management Policy) तयार गरी कार्यान्वयन गर्नुपर्ने प्रावधान पनि थपिएको छ।

    जोखिम व्यवस्थापनमा कडाइ गरेको बोर्डले राम्रो कार्यसम्पादन गर्ने योजना व्यवस्थापकहरूलाई भने बीउ पूँजी (Seed Capital) मा सहुलियत दिएको छ। यसअघि नयाँ योजना ल्याउँदा अनिवार्य रूपमा १५ प्रतिशत बीउ पूँजी लगानी गर्नुपर्ने व्यवस्था थियो। तर, अब अनुभव, कोष व्यवस्थापनको आकार र विगतको कार्यसम्पादनका आधारमा बीउ पूँजी ५ प्रतिशत वा १० प्रतिशतसम्म घटाउन सकिने व्यवस्था गरिएको छ। कम्तीमा पाँच वर्षको अनुभव, पाँच अर्ब रुपैयाँभन्दा बढीको कोष व्यवस्थापन र पछिल्ला तीन वर्षको औसत एनएभी अंकित मूल्यभन्दा माथि रहेको अवस्थामा योजना व्यवस्थापकले नयाँ योजनामा ५ प्रतिशत मात्र बीउ पूँजी राख्न सक्नेछन्।

    त्यसैगरी, कम्तीमा तीन वर्षको अनुभव, एक अर्ब रुपैयाँभन्दा बढीको कोष व्यवस्थापन र सन्तोषजनक रेटिङ भएका व्यवस्थापकहरूका लागि बीउ पूँजी १० प्रतिशत तोकिएको छ। यद्यपि, यस्तो सहुलियत प्रयोग गरेर ल्याइने योजनाको अधिकतम आकार १० अर्ब रुपैयाँसम्म मात्र सीमित गरिएको छ। आवश्यक मापदण्ड पूरा नगर्ने वा नयाँ कम्पनीहरूको हकमा भने पुरानै व्यवस्था अनुसार १५ प्रतिशत बीउ पूँजी अनिवार्य हुनेछ। बोर्डको यो कदमले म्युचुअल फण्ड क्षेत्रलाई जोखिम व्यवस्थापनमा सक्षम बनाउँदै लगानीकर्तामैत्री र व्यावसायिक बनाउने लक्ष्य लिएको देखिन्छ।

    The Securities Board of Nepal (SEBON) has introduced stricter regulatory measures in the mutual fund sector by amending the Mutual Fund Regulation, 2067. Under the revised provisions of Rule 29(2), SEBON has made stress testing mandatory for all mutual fund schemes, marking a significant shift toward proactive risk management. The new provisions will come into effect from Magh 1, 2082 (mid-January 2026), aiming to strengthen the sector’s resilience against potential market shocks.

    As per the new rules, every scheme manager must conduct semi-annual stress tests using an appropriate model to assess the fund’s ability to withstand adverse market conditions. The stress test reports must be discussed at both the fund supervisor level and the board of directors of the scheme manager. A consolidated report, including observations and future action plans, must then be submitted to SEBON within one month of the end of each semi-annual period. In addition, scheme managers are now required to formulate and implement a comprehensive risk management policy to enhance institutional governance.

    While tightening risk controls, SEBON has also introduced flexibility in seed capital requirements to reward strong performance and experience. Previously, scheme managers were required to invest a fixed 15 percent seed capital when launching new schemes. Under the revised framework, this requirement can now be reduced to 5 percent or 10 percent based on the manager’s experience, assets under management, and past performance. Managers with at least five years of experience, over NPR 5 billion in managed funds, and an average NAV above par value over the past three years can launch new schemes with just 5 percent seed capital.

    Similarly, managers with a minimum of three years of experience, more than NPR 1 billion in fund management, satisfactory ratings, and an average NAV above par are eligible for a reduced seed capital requirement of 10 percent. However, schemes launched under these concessional provisions will be capped at a maximum size of NPR 10 billion. New or underperforming managers who fail to meet these criteria will still be required to maintain the original 15 percent seed capital. Overall, SEBON’s latest move seeks to balance stricter risk oversight through mandatory stress testing with performance-based incentives, making Nepal’s mutual fund industry more professional, transparent, and investor-friendly.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026