·

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल गर्ने

Author

NEPSETRADING

 नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल गर्ने
बैंकिङ प्रणालीमा अत्यधिक तरलता बढेसँगै नेपाल राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ। राष्ट्र बैंकले आज, चैत १ गते, दिउँसो ३ बजे बोलकबोल मार्फत उक्त रकम तान्ने जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँसम्म भाग लगाएर बोलकबोल गर्न सक्नेछन्। राष्ट्र बैंकले भने अनुसार, बोलकबोल ब्याजदरमा वा बहुब्याजदरमा पनि सहभागी हुन सकिनेछ। यस २८ दिने निक्षेप संकलन उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। निक्षेपको भुक्तानी र ब्याज भुक्तानी आउँदो चैत २९ गते गरिनेछ ।

Related News