NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Peter Lynch's 4 Tips to Succeed in the Stock Market
    शेयर बजारमा सफल हुने पिटर लिन्चका ४ टिप्स
    Top
    2 min read
    Published on May 22, 2024
    NEPSE trading

    शेयर बजारमा सफल हुने पिटर लिन्चका ४ टिप्स Peter Lynch's 4 Tips to Succeed in the Stock Market

    अमेरिकी सेयर बजारका सफल लगानीकर्तामध्येका एक हुन्, पिटर लिन्च। लिन्चले २५ वर्षको उमेरमै सेयर बजारमा लगानी सुरु गरेका थिए। लगानी सुरु गरेको ८ वर्षमै उनी म्यागेल्लन फन्डको पोर्टफोलियो म्यानेजर बनेका थिए। उनको नेतृत्वमा फन्डले वार्षिक २९ प्रतिशत मुनाफा कमाएको थियो। १३ वर्षको अवधिमा, उनले फन्डको कुल पुँजी १८ मिलियनबाट १४ बिलियन डलरसम्म पुर्याए।

    नयाँ र अनुभवी लगानीकर्ताले लिन्चबाट धेरै सिक्न सक्छन्। उनकी रणनीतिलाई वारेन बफेट, चार्ली मंगर, हावर्ड मार्क्सजस्ता ठूला लगानीकर्ताले पनि प्रशंसा गरेका छन्। यहाँ लिन्चका चार महत्वपूर्ण सुझाव प्रस्तुत गरिएका छन् :

    १. दीर्घकालीन लगानी गर्नुहोस्

    धेरै लगानीकर्ता सेयर बजारबाट छोटो समयमा धेरै कमाउन चाहन्छन्। कम मूल्यमा खरिद गरेर चाँडै नाफामा बेच्न चाहन्छन्। तर, लिन्चका अनुसार, बजारमा दीर्घकालीन लगानी गर्दा बढी मुनाफा हुन्छ। राम्रो लाभांश दिने कम्पनी छानेर लामो समयसम्म होल्ड गर्दा बजारले समयसँगै धेरै फाइदा दिन्छ। वारेन बफेटले पनि दीर्घकालीन लगानी गर्ने रणनीति अपनाएका छन्। उनले कोकाकोला कम्पनीको सेयर विगत ३३ वर्षदेखि होल्ड गरेका छन्।

    २. धैर्यता हुनुपर्छ

    सेयर बजार सधैँ बढ्दैन। धेरै लगानीकर्ता बजार बढ्दा खरिद र घट्दा बिक्री गर्छन्, जसले गर्दा घाटा बेहोर्छन्। छोटो अवधिका लागि बजारको भविष्यवाणी गरेर लगानी गर्नु लाभदायी हुँदैन। धैर्यवान लगानीकर्ताले लामो अवधिमा राम्रो कमाउन सक्छन्। बजारमा उतार-चढाव भए पनि धैर्यता राख्ने लगानीकर्ता नै सफल हुन्छन्।

    ३. खोज र अनुसन्धान गरेर लगानी गर्नुहोस्

    धेरैजसो लगानीकर्ताले अरूको कुरा सुनेर लगानी गर्छन्। सामाजिक सञ्जालमा फैलिएका हल्लाको पछि लागेर सेयर खरिद गर्दा घाटा हुन्छ। कम्पनीको रिपोर्ट, पुँजी, नाफा–घाटा, सञ्चालकबारे अध्ययन गरेर लगानी गर्दा राम्रो मुनाफा हुन्छ। कम्पनीको आयस्रोत, वित्तीय अवस्था, प्रतिस्पर्धी, विस्तारको योजनाबारे जानकारी बिना लगानी गर्नु हुँदैन।

    ४. बुझेको कम्पनीमा मात्र लगानी गर्नुहोस्

    सेयर बजारमा लगानी गर्दा आफूले बुझेको कम्पनीमा मात्र लगानी गर्नुहोस्। बजारमा धेरै सेक्टरका कम्पनीहरू हुन्छन्। बैंकिङ, होटेल, हाइड्रो, बीमालगायत थुप्रै सेक्टर छन्। आफूले बुझेको कम्पनी भनेको के हो? यदि लगानीकर्ताले कुनै बैंकमा लगानी गर्दै छन् भने, उक्त कम्पनीका सञ्चालक, प्रतिस्पर्धी, नाफा, ग्राहक सेवा लगायत अन्य कुराहरू बुझेरमात्र लगानी गर्नुपर्छ। किन त्यो कम्पनीमा लगानी गर्ने भन्ने स्पष्ट हुनु पर्छ। यसरी मात्र सेयर बजारमा सफल लगानीकर्ता बन्न सकिन्छ।

    यी चार सुझाव अपनाएर, पिटर लिन्च जस्तै सफल सेयर लगानीकर्ता बन्न सकिन्छ। दीर्घकालीन सोच, धैर्यता, गहिरो अध्ययन, र बुझेर लगानी गर्ने बानीले मात्र सेयर बजारमा सफलता हासिल गर्न सकिन्छ।

    Peter Lynch is one of the successful investors in the American stock market. Lynch started investing in the stock market at the young age of 25. Within eight years of starting his investment journey, he became the portfolio manager of the Magellan Fund. Under his leadership, the fund achieved an annual return of 29%. Over 13 years, he grew the fund’s total capital from 18 million to 14 billion dollars.

    Both new and experienced investors can learn a lot from Lynch. His strategies are praised by renowned investors like Warren Buffett, Charlie Munger, and Howard Marks. Here are four important tips from Lynch:

    1. Invest for the Long Term

    Many investors aim to make quick profits in the stock market. They want to buy at a low price and sell at a profit shortly after. However, according to Lynch, long-term investments yield better returns. By selecting companies that provide good dividends and holding them for an extended period, one can gain substantial profits over time. Warren Buffett also follows a long-term investment strategy, having held shares of Coca-Cola for 33 years.

    2. Have Patience

    The stock market doesn’t always go up. Many investors buy during a rising market and sell during a falling market, leading to losses. Predicting the market’s short-term movements and investing accordingly is not beneficial. The patience of an investor often determines their success or failure in the stock market. Even during market fluctuations, patient investors can earn well over the long term.

    3. Conduct Research and Analysis Before Investing

    Many investors invest based on others' opinions. In Nepal, too, many buy shares based on rumors spread on social media, often incurring losses. According to Lynch, studying the company’s reports, capital, profits and losses, and management before investing can lead to better returns. One should understand the company’s revenue sources, financial status, competitors, and expansion plans before investing.

    4. Invest in Companies You Understand

    When investing in the stock market, focus on companies you understand. There are many sectors in the market, such as banking, hotels, hydropower, and insurance. What does it mean to understand a company? If you’re investing in a bank, know the company’s management, competitors, profits, and customer services. Be clear about why you are investing in that particular company over others. This approach helps in becoming a successful investor in the stock market.

    By following these four tips, one can become a successful stock market investor like Peter Lynch. Long-term thinking, patience, thorough research, and understanding the companies you invest in are the keys to achieving success in the stock market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026