·

सेयर बजारलाई परिपक्व र दिगो बनाउन नीतिगत र संरचनागत सुधार आवश्यक : अर्थमन्त्री पौडेल

Author

NEPSE trading

 सेयर बजारलाई परिपक्व र दिगो बनाउन नीतिगत र संरचनागत सुधार आवश्यक : अर्थमन्त्री पौडेल

काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउन नीतिगत र संरचनागत सुधारको आवश्यकता रहेको बताएका छन्। आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको 'दिगो आर्थिक विकासका लागि नीतिगत सुधार' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सेयर बजारमा प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिनुपर्ने उल्लेख गरे।

पछिल्लो समय सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको भन्दै अर्थमन्त्री पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएको र यसले अर्थतन्त्रको अवस्थालाई प्रतिविम्बित गर्ने बताए। उनले सेयर बजारमा देखिएको उत्साह सरकारको नीतिगत पहलकदमी र निर्णयहरूका कारण भएको भन्दै, सरकार सेयर बजारलाई दीर्घकालीन रूपमा स्थिर र सन्तुलित बनाउन चाहन्छ भन्ने धारणा व्यक्त गरे।

अर्थमन्त्री पौडेलले इन्साइडर ट्रेडिङ रोकथाम र लगानीकर्ताको सुरक्षालाई सरकारले गम्भीरतापूर्वक लिएको जानकारी दिए। साथै, उनले सेयर बजारलाई परिपक्व बनाउन नीतिगत र संरचनागत सुधारका साथै प्रविधिको उपयोगमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए।

Related News