NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. 10 Finance Companies Post Losses While 7 Earn Profits in First Four Months of FY 2082/83
    चार महिनामा १० फाइनान्स कम्पनी घाटामा, ७ ले कमाए १७ करोड नाफा
    Investor
    1 min read
    Published on December 16, 2025
    NEPSE TRADING

    चार महिनामा १० फाइनान्स कम्पनी घाटामा, ७ ले कमाए १७ करोड नाफा10 Finance Companies Post Losses While 7 Earn Profits in First Four Months of FY 2082/83

    चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चार महिनामा फाइनान्स कम्पनीहरूको वित्तीय अवस्था मिश्रित देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार १७ वटा फाइनान्स कम्पनीमध्ये १० वटा कम्पनी घाटामा रहेका छन् भने ७ वटा कम्पनीले खुद नाफा आर्जन गरेका छन् । घाटामा रहेका कम्पनीहरूले कुल ४५ करोड १६ लाख रुपैयाँ बराबरको घाटा व्यहोरेका छन् ।

    सबैभन्दा धेरै घाटा व्यहोर्ने कम्पनीमा रिलायन्स फाइनान्स अग्रस्थानमा रहेको छ । कम्पनी चार महिनामा १८ करोड १९ लाख रुपैयाँ घाटामा पुगेको छ । त्यसपछि पोखरा फाइनान्सले ६ करोड ३० लाख रुपैयाँ घाटा व्यहोरेको छ भने नेपाल फाइनान्स ५ करोड ४० लाख रुपैयाँ घाटामा रहेको छ । बेस्ट फाइनान्सको घाटा ५ करोड २७ लाख रुपैयाँ पुगेको छ भने समृद्धि फाइनान्स ४ करोड ३० लाख रुपैयाँ घाटामा रहेको देखिन्छ ।

    यस्तै, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले २ करोड ६९ लाख रुपैयाँ घाटा व्यहोर्दा प्रोग्रेसिभ फाइनान्स २ करोड ३१ लाख रुपैयाँ घाटामा रहेको छ । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २० लाख रुपैयाँ, नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स १८ लाख रुपैयाँ तथा जानकी फाइनान्स १२ लाख रुपैयाँ घाटामा रहेका छन् ।

    यता, ७ वटा फाइनान्स कम्पनीले भने चार महिनामा कुल १७ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन् । नाफा आर्जन गर्ने कम्पनीहरूको सूचीमा गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स, मन्जुश्री फाइनान्स, सेन्ट्रल फाइनान्स, मल्टीपर्पज फाइनान्स, गुर्खाज फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स रहेका छन् ।

    सबैभन्दा धेरै नाफा कमाउनेमा गुडविल फाइनान्स अगाडि देखिएको छ । कम्पनीले चार महिनामा ५ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । आईसीएफसी फाइनान्सले ४ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ भने मन्जुश्री फाइनान्सको नाफा २ करोड ३५ लाख रुपैयाँ पुगेको छ । सेन्ट्रल फाइनान्सले २ करोड ११ लाख, मल्टीपर्पज फाइनान्सले १ करोड ७० लाख, गुर्खाज फाइनान्सले १ करोड २० लाख तथा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

    चार महिनाको तथ्यांकले फाइनान्स कम्पनीहरूबीच वित्तीय प्रदर्शनमा ठूलो असमानता देखिएको संकेत गर्छ । बढ्दो खराब कर्जा, लगानी सुस्तता र उच्च सञ्चालन खर्चका कारण केही फाइनान्स कम्पनीहरू दबाबमा देखिँदा, सुदृढ व्यवस्थापन र सीमित जोखिम लिएका कम्पनीहरूले भने नाफा कायम राख्न सफल भएका छन् ।

    The financial performance of finance companies during the first four months of the current fiscal year 2082/83 has remained mixed. According to data published by Nepal Rastra Bank, out of 17 finance companies in operation, 10 have reported losses while only 7 companies have managed to post profits. Collectively, the loss-making finance companies incurred a total loss of Rs 451.6 million during the review period.

    Reliance Finance emerged as the worst-performing institution, posting a loss of Rs 181.9 million in just four months. Pokhara Finance followed with a loss of Rs 63.06 million, while Nepal Finance reported a loss of Rs 54.89 million. Best Finance also remained under pressure, recording a loss of Rs 52.79 million. Similarly, Samriddhi Finance incurred losses amounting to Rs 43.83 million during the period.

    Guheshwori Merchant Banking & Finance reported a loss of Rs 26.93 million, while Progressive Finance recorded a loss of Rs 23.17 million. Capital Merchant Banking & Finance, Nepal Share Markets & Finance, and Janaki Finance also remained in the red, posting losses of Rs 2.03 million, Rs 1.86 million, and Rs 1.22 million respectively.

    In contrast, seven finance companies managed to generate profits totaling more than Rs 170 million during the four-month period. Goodwill Finance topped the list of profit-making companies, earning a net profit of Rs 52.89 million. ICFC Finance followed closely with a net profit of Rs 40.88 million.

    Manjushree Finance posted a profit of Rs 23.53 million, while Central Finance earned Rs 21.19 million. Multipurpose Finance recorded a profit of Rs 17.01 million, Gurkhas Finance earned Rs 12.51 million, and Shree Investment & Finance posted a modest profit of Rs 2.25 million.

    The four-month performance highlights a widening disparity within the finance sector. While companies with stronger asset quality, disciplined lending practices, and controlled operating costs have remained profitable, several institutions continue to struggle due to rising non-performing loans, weak credit demand, and increased operational pressure. The data underscores the need for structural improvements and tighter risk management across the finance sector.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026