
बाँकेको रिसोर्टमा जुवातास खेल्दै गरेका १३ जना पक्राउ13 Arrested for Gambling at Resort in Banke
बाँकेको खजुरा गाउँपालिका–४ स्थित एक रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खजुरा गाउँपालिका–८ का ३३ वर्षीय एकराम हुसेनसहित अन्य व्यक्तिहरू रहेका छन् ।
इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले गए राति खजुरा मिनि पार्क रिसोर्टमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले घटनास्थलबाट नगद १ लाख २८ हजार ३ सय १० रुपैयाँ र पाँच बुक तास बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।
Police have arrested 13 people for allegedly gambling at a resort in Khajura Rural Municipality-4 of Banke district. Among those arrested is 33-year-old Ekram Hussein of Khajura Rural Municipality-8.
A police team deployed from the Dhanouli Area Police Office conducted a raid at Khajura Mini Park Resort late last night and took the group into custody. Police said they recovered Rs. 128,310 in cash along with five decks of playing cards from the site.
According to police, further investigation into the incident is underway.




