·

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १४ जनाको दाबी

Author

NEPSE TRADING

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १४ जनाको दाबी

नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका छन्। नेपाल सरकार, अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिको सूचनाअनुसार ७ दिनको म्यादभित्र प्राप्त आवेदनको सूची सार्वजनिक गरिएको हो।

अध्यक्ष पदमा दाबी गर्ने व्यक्तिहरूमध्ये विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डा. दामोदर बसौला, चिन्तामणि सिवाकोटी, घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, ज्ञानेन्द्र अधिकारी, देव कुमार ढकाल, प्रा.डा. दीपक बहादुर भण्डारी, डा. राजेन्द्र पण्डित, यज्ञ प्रसाद न्यौपाने, रमेश कुमार भट्टराई र महेश्वर न्यौपाने रहेका छन्।

नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्तिको लागि सिफारिस समितिले भदौ १३ गतेदेखि दरखास्त आह्वान गरेको थियो। यससँगै बीमा क्षेत्रमा अनुभव, दक्षता र नेतृत्व क्षमता भएका व्यक्तिहरूमध्ये कसले नेतृत्व गर्ने भन्ने उत्सुकता बढेको छ।

Related News