·

१८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न २१ जना पक्राउ

Author

Nepse trading

१८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न २१ जना पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आन्तरिक रेमिटेन्सका नाममा अवैध कारोबार गरेको आरोपमा २१ जनालाई पक्राउ गरेको छ। ती व्यक्तिहरूले कुल १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रूपैयाँको अवैध कारोबार गरेको पाइएको छ।

सीआईबीले ११ जिल्लाका कारोबारीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जानकारी दिएको छ। उनीहरू विदेशबाट प्राप्त हुने रेमिट्यान्स आप्रवाहमा अवरोध गर्दै नेपालमा भन्सार चोरी, सुनको अवैध कारोबार, कर छली लगायतका गैरकानूनी कार्यहरूमा संलग्न रहेको पाइएको छ।

अधिकारीहरूका अनुसार, पक्राउ परेका व्यक्तिहरूले गैरकानूनी कारोबारबाट प्राप्त रकमलाई डिजिटल वालेट कम्पनीहरू (सजिलो पे र पेवेल नेपाल प्रा.लि.) को नाममा नेपालका विभिन्न बैंक खातामा जम्मा गरेका थिए। त्यसपछि, मनी ट्रान्सफर सेवाहरू मार्फत उक्त रकम विदेशमा रहेका नेपाली कामदार र विद्यार्थीहरूको नेपालमा रहेका आफन्तका खातामा ट्रान्सफर गरिएको थियो।

नेपाल राष्ट्र बैंकका आदेश र निर्देशनको उल्लंघन गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम कार्यवाही गर्न लागिएको जनाएको छ।

Related News