काठमाडौं — शेयर बजारमा प्राविधिक विश्लेषण तथा मूल्य गतिविधि बुझ्न चाहने लगानीकर्तालाई लक्षित गर्दै ‘स्मार्ट मनी कन्सेप्ट’ सम्बन्धी आधारभूतदेखि उन्नत तहसम्मको तालिम सञ्चालन हुने भएको छ। आयोजकले अनलाइन र भौतिक दुवै माध्यमबाट कक्षा सञ्चालन गर्ने जनाएको छ।
तालिममा शेयर बजारको संरचना, बजारको चरित्र, मूल्यको चाल तथा सम्भावित प्रवेश र बहिर्गमन क्षेत्र पहिचानसम्बन्धी विषय समेटिनेछन्। विशेषगरी प्राविधिक विश्लेषणमा प्रयोग हुने ‘स्मार्ट मनी कन्सेप्ट’का विभिन्न उपकरण र रणनीतिलाई व्यावहारिक रूपमा बुझाउने उद्देश्य राखिएको आयोजकको भनाइ छ।
कक्षामा मार्केट क्यारेक्टर एन्ड स्ट्रक्चर, स्ट्रक्चर म्यापिङ तथा पुलब्याक, अर्डर ब्लक (OB), अर्डर फ्लो (OF), फेयर भ्यालु ग्याप (FVG), BAG तथा प्वाइन्ट अफ इन्ट्रेस्ट (POI) जस्ता अवधारणाबारे अध्ययन गराइने उल्लेख छ।
त्यस्तै, बजारमा देखिने ‘लिक्विडिटी ट्र्याप’ पहिचान गर्ने तरिका तथा EMA 9–50 रणनीतिको प्रयोगबारे पनि प्रशिक्षण दिइनेछ। प्राविधिक सूचक र बजार संरचनाको संयोजनमार्फत कारोबारको सम्भावित अवसर पहिचान गर्ने अभ्याससमेत कक्षामा समावेश हुने आयोजकले जनाएको छ।
तालिमलाई आधारभूत ज्ञान भएका तथा प्राविधिक विश्लेषणलाई थप गहिराइमा अध्ययन गर्न चाहने दुवै समूहलाई लक्षित गरिएको छ। अनलाइन कक्षाको व्यवस्था भएकाले काठमाडौं बाहिरका इच्छुक सहभागीले पनि तालिममा सहभागी हुन सक्नेछन् भने प्रत्यक्ष सिकाइ चाहनेका लागि भौतिक कक्षाको विकल्पसमेत उपलब्ध हुनेछ।
आयोजकका अनुसार तालिमको मुख्य उद्देश्य कुनै निश्चित सेयर खरिद वा बिक्रीको सिफारिस गर्नु नभई बजारको संरचना, मूल्य व्यवहार र जोखिम बुझ्ने विश्लेषणात्मक क्षमता विकास गर्नु हो। शेयर बजारमा कुनै पनि रणनीतिले निश्चित प्रतिफलको ग्यारेन्टी नगर्ने भएकाले तालिमसँगै जोखिम व्यवस्थापन र स्वतन्त्र निर्णय क्षमतालाई पनि प्राथमिकता दिनु आवश्यक हुन्छ।
तालिममा सहभागी हुन चाहनेले ९७७–९७०९०८३६४७ मा सम्पर्क गर्न वा [email protected] मार्फत थप जानकारी लिन सक्ने आयोजकले जनाएको छ।





