NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. 21.3 MW Thulo Khola Hydropower Project in Myagdi Prepares for Test Production
    २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी
    Investor
    1 min read
    Published on May 4, 2025
    NEPSE trading

    २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी21.3 MW Thulo Khola Hydropower Project in Myagdi Prepares for Test Production

    रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माण भएको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अब परीक्षण उत्पादनको चरणमा पुगेको छ। संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यो आयोजना जेठ १ गतेदेखि परीक्षण उत्पादन गर्ने लक्ष्यसहित अन्तिम तयारीमा जुटेको छ।

    आयोजनाका प्लान्ट म्यानेजर विनोद पौडेलका अनुसार बाँध, सुरुङ, विद्युत्गृह र स्वीचयार्डतर्फका सबै संरचनाको निर्माण सकिएको छ। विद्युत्गृहमा टर्बाइनलगायतका मेसिन जडान गरेर आवश्यक परीक्षण पूरा गरिएको उनले बताए। हाल आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि ८ किलोमिटर लामो ट्रान्समिसन लाइन निर्माणको अन्तिम चरणमा रहेको छ। टावरमा तार तान्ने काम तीव्र गतिमा भइरहेको छ।

    यो आयोजना कुइनेमङ्गले र चिमखोलाको सीमाक्षेत्र फेदीमा रहेको बाँधबाट सुरुङ र पेनस्टक पाइपमार्फत ल्याइएको पानीलाई रघुगङ्गा नदी किनारमा रहेको विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने संरचना निर्माण गरिएको हो। आयोजनामा ३,३८२ मिटर लामो सुरुङ र ६३४ मिटरको पेनस्टक टनेल समावेश छन्।

    लगानी संरचना अनुसार आयोजनामा ३० प्रतिशत लगानी गैरआवासीय नेपाली र नेपाली नागरिकहरूको रहेको छ भने बाँकी ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त लगानी हो। कुल ३ अर्ब ६० करोड रुपैयाँ लागत रहेको आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकको वित्तीय साझेदारी रहेको छ।

    निर्माण पक्षमा सिभिल कार्य साकुरा–पावर्त्रिपल एस जेभीले तथा इलेक्ट्रोमेकानिकल कार्य टोयर हाइड्रो कम्पनीले सम्पन्न गरेका छन्। आयोजनाले परीक्षण सफल भएपछि राष्ट्रिय ग्रिडमा विद्युत् आपूर्ति सुरु गर्नेछ, जसले स्थानीय विकास र राष्ट्रिय ऊर्जा उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    The 21.3 megawatt Thulo Khola Hydropower Project, located in Kuinemangle, Ward No. 8 of Raghuganga Rural Municipality, is gearing up for test production. Developed by Sanyukta Urja Limited, the project has completed all major infrastructure works and begun testing the installed electro-mechanical equipment, according to Plant Manager Binod Paudel.

    Paudel confirmed that the construction of the dam, tunnel, powerhouse, and switchyard has been completed. Turbines and other machines have been installed at the powerhouse, and preliminary testing has already been conducted. An 8-kilometer transmission line is currently under construction to connect the generated power to the national grid. The project aims to begin test production on Jestha 1 (mid-May), and tower wiring is progressing rapidly.

    The dam is located at the border area of Kuinemangle and Chimkhola, and water is channeled through a tunnel and penstock pipe to the powerhouse built on the banks of the Raghuganga River in a location called Chhiri. The project features a 3,382-meter tunnel and a 634-meter penstock tunnel.

    The project has a total estimated cost of Rs. 3.6 billion (360 crores). It is funded through 30% equity from Nepali and non-resident Nepali (NRN) investors, and 70% loan financing from banks and financial institutions. Nepal Bank Limited leads the consortium, with Sunrise Bank, Rastriya Banijya Bank, and Siddhartha Bank also participating in the financing.

    The civil works contract was awarded to Sakura-Power Triple S JV, while the electro-mechanical contract was handled by Toyer Hydro. Once operational, the project is expected to significantly contribute to Nepal’s electricity supply and local development.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026