NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. 32 Hydropower Projects Affected by Heavy Rainfall — Ilam Hit the Hardest
    भारी वर्षाबाट ३२ जलविद्युत आयोजना प्रभावित — इलाममा सबैभन्दा बढी क्षति
    Investor
    2 min read
    Updated on October 7, 2025
    NEPSE TRADING

    भारी वर्षाबाट ३२ जलविद्युत आयोजना प्रभावित — इलाममा सबैभन्दा बढी क्षति32 Hydropower Projects Affected by Heavy Rainfall — Ilam Hit the Hardest

    असोज १७ देखि १९ गतेसम्मको अविरल वर्षाले देशभरका जलविद्युत आयोजना प्रभावित पारेका छन्। ऊर्जा उत्पादकहरूको संस्था इप्पान (IPPAN) का अनुसार, हालसम्म संकलित प्रारम्भिक विवरणअनुसार १० जिल्लामा ३२ वटा जलविद्युत आयोजना क्षतिग्रस्त भएका छन्।

    क्षतिग्रस्त आयोजना र क्षमता

    इप्पानका अनुसार, सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ आयोजना बाढीपहिरोबाट प्रभावित भएका हुन्। यससँगै बीमा कम्पनीहरूको दायित्व समेत बढ्ने देखिएको छ। हालैको जेन–जी आन्दोलनका क्रममा भएको २३ अर्बभन्दा बढी बीमा दाबीपछि, अब जलविद्युत र अन्य क्षेत्रमा थप क्षतिपूर्तिको दाबी आउने निश्चित भएको छ।

    समयमै पूर्वतयारीले मानविय क्षति घट्यो

    इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार, यस वर्ष जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा बाढीको पूर्वसूचना प्रणाली प्रभावकारी रूपमा सञ्चालन गरिएको थियो। यसले मानवीय क्षति हुन नदिएको र गत वर्षको तुलनामा भौतिक क्षति पनि तुलनात्मक रूपमा कम भएको उनले बताए।

    इलाममा सबैभन्दा बढी प्रभाव — १५ आयोजना बन्द

    सञ्चालनमा रहेका १७ मध्ये १५ आयोजना इलाममा रहेका छन्, र ती सबै प्रभावित भएका छन्। इलामका प्रभावित प्रमुख आयोजनाहरू यस प्रकार छन्ः

    • माईखोला (४.५ मेगावाट)

    • माईखोला क्यासकेड (८ मेगावाट)

    • सानिमा माई (२२ मेगावाट)

    • माई क्यासकेड (७ मेगावाट)

    • सुपर माई (७.८ मेगावाट)

    • सुपर माई ए (९.६ मेगावाट)

    • सुपर माई ए क्यासकेड (३ मेगावाट)

    • जोगमाई खोला (७.६ मेगावाट)

    • जोगमाई क्यासकेड (५.२ मेगावाट)

    • तल्लो जोगमाई (६.२ मेगावाट)

    • माईबेनी (९.५ मेगावाट)

    • माथिल्लो माई (९.९ मेगावाट)

    • माई सी क्यासकेड (५.१ मेगावाट)

    • पुवा २ (४.९६ मेगावाट)

    • अपर पुवा १ (३ मेगावाट)

    इलामबाहेक पाँचथरको हेवाखोला (१४.९ मेगावाट) र लिखु–४ (५२.४ मेगावाट) पनि प्रभावित भएका छन्। हाल लिखु ४ बाहेक सबै आयोजनाको उत्पादन बन्द छ।

    निर्माणाधीन आयोजना — पहुँचमार्गमा ठूलो क्षति

    निर्माणाधीन १५ आयोजनामध्ये अधिकांशमा पहुँचमार्ग (access road) बाढीपहिरोले बगाएको इप्पानले जनाएको छ।

    • मनाङको दाना खोला (४९.९५ मेगावाट) को १२ किमी सडक धेरै ठाउँमा बगेको छ।

    • इलामको सिद्धिखोला (१० मेगावाट) व्यवसायिक उत्पादनमा जानु अघि नै क्षतिग्रस्त भएको छ।

    • पाँचथरको सभाखोला बी (२१.५ मेगावाट) र हेवाखोला (९.९ मेगावाट) का निर्माण सामाग्री बगाएका छन्।

    • सिन्धुपाल्चोकमा रहेका ब्रम्हायणी (३६.५१ मेगावाट), माथिल्लो ब्रम्हायणी (१५.१५ मेगावाट), बलेफी (४० मेगावाट) र तल्लो बलेफी (२२.५ मेगावाट) का सडक बाढीले बगाएको छ।

    • अन्य प्रभावित आयोजना: रसुवाको लाङटाङ खोला (२० मेगावाट), भोजपुरको इर्खुवा खोला बी (१५.५ मेगावाट), म्याग्दीको माथिल्लो ठूलो खोला (२२.५ मेगावाट), लमजुङको हिडी खोला (६.८२ मेगावाट), रामेछापको खिम्ति–२ (४८.८ मेगावाट), धादिङको गसाली खोला (४.५ मेगावाट)।

    यी आयोजनाहरूको उत्पादन समय कहिलेसम्म ढिलो हुन्छ भन्ने अझै निश्चित छैन, किनभने धेरै स्थानमा बाटो अवरुद्ध छ।

    बीमा र ऊर्जा सुरक्षामाथि प्रश्न

    बाढीले जलविद्युत आयोजनामा परेको यो क्षतिले नेपालको ऊर्जा सुरक्षा र बीमा प्रणाली दुवैमा चुनौती थपेको छ।

    • इन्श्योरेन्स कम्पनीहरूमा थप बीमा दाबी आउने निश्चित छ।

    • बाढी पहिरोको जोखिम मूल्याङ्कन र बीमा कभरमा सुधारको आवश्यकता स्पष्ट भएको छ।

    • जलविद्युत आयोजनाहरूको दीगो सञ्चालनका लागि पूर्वसूचना प्रणाली, संरचनागत मजबुती र आपतकालीन पुनर्स्थापना योजना अनिवार्य रूपमा विस्तार गर्नुपर्ने देखिएको छ।

    यस वर्षको बाढीले फेरि प्रमाणित गर्‍यो कि नेपालका जलविद्युत आयोजना अझै पनि प्राकृतिक विपत्तिप्रति अत्यधिक संवेदनशील छन्।
    तर इप्पान र विभागबीचको सहकार्यले मानवीय क्षति कम हुन सघाएको सकारात्मक पक्ष हो।
    दीगो समाधानका लागि सरकारले जलविद्युत परियोजनाहरूमा जलवायु जोखिम मूल्याङ्कन, बीमा सुधार र आपत व्यवस्थापन नीति अबिलम्ब कार्यान्वयन गर्नुपर्ने आवश्यक देखिन्छ।

    Continuous rainfall from October 3 to 5 (Ashoj 17–19) has caused severe damage to hydropower projects across Nepal. According to the Independent Power Producers’ Association of Nepal (IPPAN), a total of 32 hydropower projects in 10 districts have been affected by floods and landslides.

    Affected Projects and Capacity

    Based on IPPAN’s preliminary assessment (as of Monday afternoon), 17 operating projects with a combined capacity of 180 MW and 15 under-construction projects totaling 338 MW have suffered damage.

    This disaster has also increased the financial burden on insurance companies. Following the recent Gen-Z movement, insurance firms had already received over Rs. 23 billion in claims, and now additional claims are expected from the hydropower and other sectors due to the new damages.

    Early Warning Helped Minimize Human Casualties

    According to Ganesh Karki, President of IPPAN, the association’s collaboration with the Department of Hydrology and Meteorology this year allowed timely flood early warning dissemination.
    He stated that this coordination helped prevent human casualties and ensured that physical damage remained much lower compared to previous years.

    Ilam the Hardest Hit — 15 Projects Shut Down

    Out of the 17 operational projects, 15 are located in Ilam district, all of which have been affected. The following major hydropower plants in Ilam are currently non-operational:

    • Maikhola (4.5 MW)

    • Maikhola Cascade (8 MW)

    • Sanima Mai (22 MW)

    • Mai Cascade (7 MW)

    • Super Mai (7.8 MW)

    • Super Mai A (9.6 MW)

    • Super Mai A Cascade (3 MW)

    • Jogmai Khola (7.6 MW)

    • Jogmai Cascade (5.2 MW)

    • Lower Jogmai (6.2 MW)

    • Maibeni (9.5 MW)

    • Upper Mai (9.9 MW)

    • Mai C Cascade (5.1 MW)

    • Puwa 2 (4.96 MW)

    • Upper Puwa 1 (3 MW)

    Beyond Ilam, two other projects were affected — Hewakhola (14.9 MW) in Panchthar and Likhu-4 (52.4 MW).
    All except Likhu-4 are currently out of production; Likhu-4’s generation was halted only for a little over an hour.

    Under-Construction Projects — Access Roads Severely Damaged

    Most under-construction projects sustained heavy damage to their access roads, according to IPPAN’s report.

    • In Manang, the Dana Khola project (49.95 MW) saw landslides along several sections of its 12-kilometer access road.

    • In Ilam, the Siddhikhola project (10 MW), which was about to begin commercial production within 10 days, suffered flood damage that postponed its start date.

    • In Panchthar, floods washed away construction materials and equipment for Sabhakhola B (21.5 MW) and Hewakhola (9.9 MW).

    • In Sindhupalchok, access roads for four projects — Bramhayani (36.51 MW), Upper Bramhayani (15.15 MW), Balefi (40 MW), and Lower Balefi (22.5 MW) — were swept away.

    • Additional affected projects include:

      • Langtang Khola (20 MW) in Rasuwa

      • Irkhuwakhola B (15.5 MW) and Upper Irkhuwakhola (14.5 MW) in Bhojpur

      • Upper Thulo Khola (22.5 MW) in Myagdi

      • Hidi Khola (6.82 MW) in Lamjung

      • Khimti-2 (48.8 MW) in Ramechhap

      • Gasali Khola (4.5 MW) in Dhading

    Because access routes to these sites remain blocked by landslides, IPPAN said it could take more time to obtain a complete damage assessment.

    Insurance Burden and Energy Security Concerns

    This disaster has raised new concerns about Nepal’s energy security and insurance resilience:

    • Insurers are likely to face a surge in compensation claims.

    • There is a clear need to reassess risk evaluation and insurance coverage for natural disasters.

    • Long-term sustainability of hydropower development now demands stronger early-warning systems, climate-resilient engineering, and rapid disaster recovery frameworks.

    This year’s floods once again highlighted how vulnerable Nepal’s hydropower infrastructure remains to natural disasters.
    While early-warning coordination between IPPAN and the meteorological department helped avoid human losses, the event exposed major gaps in disaster preparedness and climate risk management.

    Nepal must now prioritize climate adaptation, insurance reform, and robust emergency management policies to ensure that the country’s hydropower sector can withstand future climate shocks.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026