NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  1. News
  2. Investor
  3. A sign of improvement in the stock market, an improvement in the daily turnover is expecte...
सेयर बजारको सुधारको संकेत, दैनिक कारोबार रकममा सुधार अपेक्षित
Investor
2 min read
Published on June 5, 2024
NEPSE trading

सेयर बजारको सुधारको संकेत, दैनिक कारोबार रकममा सुधार अपेक्षितA sign of improvement in the stock market, an improvement in the daily turnover is expected

बजेटपछि घटेको सेयर बजार विस्तारै सम्हालिने प्रयासमा लागेको छ। मंगलबार नेप्से सूचक ६.२२ विन्दुले बढेर २०८५.३० अंकमा पुगेको छ। माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै १.४८% ले बढेको छ। यद्यपि, दैनिक कारोबार रकमले भने खासै गति लिन सकेको छैन।

दैनिक कारोबार रकमको स्थिति

अहिलेको अवस्थामा दैनिक औसतमा ४ देखि ५ अर्बको कारोबार हुन सकेमा बजार सुधारका बारेमा आशावादी बन्न सकिने लगानीकर्ताहरु बताउँछन्। बजेटअघि दैनिक ५ अर्बभन्दा बढीको कारोबार भइसकेको थियो। तर बजेटयता औसतमा पुनः कारोबार रकम घटेको देखिन्छ। बजेटले उत्साह जगाउन नसकेको भन्दै लगानीकर्ता रुष्ट भएका छन्। यसको प्रभाव नेप्से सूचक र कारोबार रकममा समेत देखिंदै आएको छ।

बजारको वर्तमान स्थिति

बैंकमा अधिक तरलता, घट्दोक्रममा रहेको ब्याजदर र संस्थागत लगानीकर्ताका रुपमा चिनिने बैंकहरुले सेयर खरिद गर्न सक्ने सम्भावनाका कारण बजारले गति लिने अनुमान गरिएको छ। बजेट अघि बढेको बजारबाट अल्पकालीन कारोबारीले नाफा बुक गरेको र अब पुनः बजार प्रवेशका लागि उनीहरुले ‘पर्ख र हेर’ को रणनीति बनाउँदा नेप्से सुस्त बनेको अनुमान गरिएको छ।

साइडवेज प्रवृत्ति

समग्रमा हेर्दा २ हजारको लाइनमा झरेपछि नेप्से साइडवेज प्रवृत्तिमा रहेको देखिन्छ। नेप्से खासै तल झरेको छैन अनि माथि जान पनि नसकेको अवस्था छ। ‘पर्ख र हेर’ को अवस्थामा बस्नेहरुको समूह पनि ठूलो रहेकाले बजार साइडवेजमा लागेको देखिन्छ।

बजारको वियरिस चक्र

बजार वियरिस चक्रमा गएको करिब ३ वर्ष हुन लागेको छ। नीतिगत कडाईका कारण बजार घटेको थियो। अझै पनि कतिपय नीतिमा अवरोधहरु कायमै रहेका छन्। सेयर धितो कर्जामा लगाइएको सीमा हटाइएको छैन। यसकारण ठूला लगानीकर्ताले चाहेजति सेयर खरिद गर्न सक्ने अवस्था छैन।

जानकारहरुको सुझाव

आम लगानीकर्ताले बजारको अवसर र जोखिमलाई ख्याल गर्दै सकेसम्म सबल वित्तीय सूचक भएका कम्पनीहरु छानेर योजनाबद्ध लगानी गर्न जानकारहरुले सुझाव दिने गरेका छन्। लाभांश क्षमता राम्रो रहेका, नाफा, रिजर्भ, इपीएस, नेटवर्थ लगायतका सूचकहरु सबल रहेका कम्पनीमा लगानी गर्दा जोखिम न्यूनीकरणमा सहयोग पुग्न सक्छ।

सेयर बजारले सुधारको संकेत देखाएको छ

मंगलबारको कारोबार

यस दिन ३१५ कम्पनीको ८३ लाख ५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। ४ अर्ब ८ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो। २० करोड ९२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड परेका छन्।

चार्ट विश्लेषण

नीचे दिइएको चार्टमा नेप्से सूचकको प्रवृत्ति देखाइएको छ। चार्टमा फिबोनाची रिट्रेसमेन्ट स्तरहरू प्रस्ट देख्न सकिन्छ, जसले समर्थन र प्रतिरोध स्तरहरूको पहिचान गर्न मद्दत पुर्‍याउँछ।

चार्टमा देखिएको नेप्से सूचकको प्रवृत्ति र कारोबार रकमको विश्लेषण गर्दा बजारको साइडवेज प्रवृत्ति देखिन्छ। तलको स्तरमा समर्थन पाइरहेको छ भने माथिको स्तरमा प्रतिरोध पाइरहेको छ। यदि दैनिक कारोबार रकमले गति लिन्छ भने नेप्से सूचकले पनि माथि जान सक्ने सम्भावना छ।

समग्रमा, नेप्से सूचकमा देखिएको बृद्धि र बजारको वर्तमान अवस्था हेर्दा लगानीकर्ताहरुमा आशा रहेको देखिन्छ। तर, कारोबार रकममा वृद्धि नहुँदा बजारको सुधार दिगो हुन नसक्ने चेतावनी पनि जानकारहरुले दिएका छन्। लगानीकर्ताहरुले सावधानीपूर्वक र योजनाबद्ध तरिकाले लगानी गर्नुपर्ने आवश्यकता रहेको छ।

The Nepal Stock Exchange (NEPSE) has shown signs of recovery, with the index rising by 6.22 points to close at 2085.30 on Tuesday. The microfinance sector led the gainers with a 1.48% increase. However, the daily trading volume has not picked up significantly, indicating that market participants are cautious.

Current Market Conditions and Trading Volume

The increase in buying and selling activities suggests increased participation from both buyers and sellers. However, experts caution that without a substantial rise in trading volume, the market's growth may not be sustainable. Currently, an average daily turnover of NPR 4 to 5 billion is needed for investors to be optimistic about market improvement. Before the budget announcement, the daily turnover exceeded NPR 5 billion. Post-budget, the average turnover has decreased, reflecting investor dissatisfaction with the budget's provisions. This has impacted both the NEPSE index and trading volumes.

Investor Sentiment and Market Trends

Despite some corrections and sideways movements, many investors remain hopeful that the market will gradually gain momentum. Factors such as abundant liquidity in banks, declining interest rates, and the potential for institutional investors like banks to buy shares contribute to this optimism. The recent market slowdown is attributed to short-term traders booking profits and adopting a "wait and see" strategy before re-entering the market. Overall, the NEPSE index has been in a sideways trend after dropping to the 2000-point level, indicating stability without significant upward or downward movement. A large group of investors waiting on the sidelines has contributed to this sideways trend.

Impact of Regulatory Policies

The market has been in a bearish cycle for nearly three years due to strict regulatory policies. Some obstacles, such as limits on share collateral loans, remain in place, preventing large investors from buying shares as desired. Experts advise retail investors to be cautious and choose fundamentally strong companies with good financial indicators like profitability, reserves, earnings per share (EPS), and net worth. Investing in such companies can help mitigate risks.

Technical Analysis of NEPSE Chart

The NEPSE technical chart shows the index fluctuating between support and resistance levels. After dropping to around 2000 points, the index has attempted to recover but faces resistance at higher levels. The Fibonacci retracement levels indicate key support at 1986 and resistance at 2153. The volume bars suggest fluctuating trading activities, with notable spikes during upward movements.

Market Performance and Top Stocks

On this trading day, shares of 315 companies were traded, with a total of over 8.3 million shares changing hands. The total turnover was more than NPR 4.08 billion. Among the top gainers were companies like Microfinance, with a 1.48% increase. CEEDB Hydropower Development Company topped the trading value chart with a turnover of NPR 209.2 million. Nepal Finance and NRN Infrastructure and Development Limited followed in second and third place, respectively.

In conclusion, while the NEPSE index shows signs of recovery, sustained growth depends on increased trading volume and positive regulatory changes. Investors are advised to remain cautious and invest in fundamentally strong companies to navigate the market's uncertainties.

Trending News

  • Trending2 Jul, 2026

    नेप्सेको आजको चार्टले के भन्छ : सन्तुलनको धरातलमा उभिएको बजारNEPSE Forms Hammer at Weak Low: Technical Signals Hint at Possible Turnaround, But Confirmation Still Pending

    Read news
  • Trending2 Jul, 2026

    चीनको बेइजिङमा नेपाल लगानी सम्मेलन, २०० भन्दा बढी लगानीकर्ता सहभागी हुनेNepal Investment Conference Begins in Beijing, Over 200 Investors Expected

    Read news
  • Trending2 Jul, 2026

    सरकारको १०० दिनमा आर्थिक सुधारको सकारात्मक संकेत देखिएको दाबीGovernment Claims Early Economic Gains Amid Reform Drive

    Read news

Related News

  • NEPSE Forms Hammer at Weak Low: Technical Signals Hint at Possible Turnaround, But Confirmation Still Pending
    Investor

    3 min read

    नेप्सेको आजको चार्टले के भन्छ : सन्तुलनको धरातलमा उभिएको बजारNEPSE Forms Hammer at Weak Low: Technical Signals Hint at Possible Turnaround, But Confirmation Still Pending

    NEPSE TRADING

    ·

    2 Jul, 2026

  • Nepal Investment Conference Begins in Beijing, Over 200 Investors Expected
    Top

    1 min read

    चीनको बेइजिङमा नेपाल लगानी सम्मेलन, २०० भन्दा बढी लगानीकर्ता सहभागी हुनेNepal Investment Conference Begins in Beijing, Over 200 Investors Expected

    NEPSE TRADING

    ·

    2 Jul, 2026

  • Government Claims Early Economic Gains Amid Reform Drive
    Top

    2 min read

    सरकारको १०० दिनमा आर्थिक सुधारको सकारात्मक संकेत देखिएको दाबीGovernment Claims Early Economic Gains Amid Reform Drive

    NEPSE TRADING

    ·

    2 Jul, 2026

  • Draft Company Law Amendment Proposes Stronger Investment Protection for Infrastructure Projects
    Investor

    1 min read

    कम्पनी ऐन संशोधन मस्यौदामा पूर्वाधार लगानीकर्तालाई नयाँ सुरक्षाDraft Company Law Amendment Proposes Stronger Investment Protection for Infrastructure Projects

    NEPSE TRADING

    ·

    2 Jul, 2026

  • Foreign Exchange Rates: Dollar Selling Rate at Rs 151.76, Kuwaiti Dinar the Most Expensive
    Investor

    1 min read

    विदेशी मुद्रा विनिमय दर : डलरको बिक्री मूल्य १५१.७६ रुपैयाँ, कुवेती दिनार सबैभन्दा महँगोForeign Exchange Rates: Dollar Selling Rate at Rs 151.76, Kuwaiti Dinar the Most Expensive

    Dipesh Ghimire

    ·

    1 Jul, 2026