
Top
1 min read
NEPSE TRADING
आँखुखोला जलविद्युतको आम्दानी र नाफा वृद्धि, तेस्रो त्रैमासमा सुधारAankhu Khola Hydropower Reports Growth in Revenue and Profit in Q3
आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी उल्लेख्य रूपमा बढेको छ । चैत मसान्तसम्म कम्पनीले १७ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिको १३ करोड ७ लाख रुपैयाँको तुलनामा ३१.९४ प्रतिशतले बढी हो । आम्दानी वृद्धि र वित्तीय खर्चमा २३.३१ प्रतिशतको कमी आएपछि कम्पनीको खुद नाफा पनि १३.८२ प्रतिशतले बढेर ३ करोड ८३ लाख रुपैयाँ पुगेको छ । यससँगै प्रतिशेयर आम्दानी ३१ पैसा बढेर २ रुपैयाँ ५६ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५७.१४ गुणा कायम छ । २ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटी भने १५ करोड १५ लाख रुपैयाँ ऋणात्मक रहेको देखिएको छ ।
Aankhu Khola Hydropower Company Limited (AKJCL) has published its unaudited financial statement for the third quarter of the current fiscal year, showing a notable increase in electricity sales revenue. As of mid-March, the company recorded revenue of NPR 172.4 million, representing a 31.94% rise compared to NPR 130.7 million in the same period last fiscal year. Driven by higher revenue and a 23.31% decline in financial expenses, the company’s net profit grew by 13.82% to NPR 38.3 million. Earnings per share also increased by NPR 0.31 to NPR 2.56. The company’s net worth per share stands at NPR 92, while the price-to-earnings ratio is 157.14 times. With a paid-up capital of NPR 2 billion, the company reported negative other equity of NPR 151.5 million.




