
एबीसी सेक्युरिटिज इन्भेष्टर प्रो मिट २०८२ भव्य रूपमा सम्पन्नABC Securities Investor Pro Meet 2082 Concludes Successfully in Birgunj
विरगञ्ज — एबीसी सेक्युरिटिजको वित्तीय साक्षरता अभियान अन्तर्गत आयोजना गरिएको एबीसी सेक्युरिटिज इन्भेष्टर प्रो मिट २०८२ अन्तर्गत एक दिने शेयर बजार तालिम, प्यानल डिस्कसन तथा विज्ञहरूसँग अन्तरक्रियात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य लगानीकर्तालाई पूँजी बजारसम्बन्धी ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले शेयर बजारका विज्ञहरूबाट प्रत्यक्ष रूपमा जानकारी प्राप्त गरेका थिए। एक दिनमै सम्पूर्ण प्राविधिक तथा आधारभूत ज्ञान हासिल गर्न कठिन हुने भएकाले सहभागीहरूलाई रु. २५ सय बराबरको अनलाइन कक्षा निःशुल्क प्रदान गरिएको थियो। उक्त कक्षाको जानकारी सन्दीप चौधरीद्वारा प्रदान गरिएको थियो।
साथै सहभागीहरूका लागि नेप्से ट्रेडिङको इलाइट प्लानमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो। ब्रेक समयमा प्रविधिक टिमसँग सम्पर्क गरी आवश्यक जानकारी लिन आग्रह गरिएको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा सबैभन्दा बढी रुचाइएको प्यानल डिस्कसन आयोजना गरिएको थियो। प्यानलमा सहभागी विज्ञहरूले बजारको वर्तमान अवस्था, लगानी रणनीति, जोखिम व्यवस्थापन तथा भविष्यका सम्भावनाबारे धारणा राखेका थिए। सहभागीहरूले सो सत्रलाई अत्यन्त उपयोगी र जानकारीमूलक भएको प्रतिक्रिया दिएका छन्।
कार्यक्रममा एबीसी सेक्युरिटिजका कार्यकारी अध्यक्ष नितिश कुमार अग्रवालले अध्यक्षता ग्रहण गर्नुभएको थियो भने चेम्बर अफ कमर्सका अध्यक्ष हरी प्रसाद गौतम प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको थियो। त्यस्तै, नेप्से ट्रेडिङका सीईओ सन्दीप कुमार चौधरी, अग्रज लगानीकर्ता छोटेलाल रौनीयार, महाप्रबन्धक जगन्नाथ थपलियाल, एबीसी सेक्युरिटिज विरगञ्ज शाखा प्रमुख डिप्पल खन्ना, विश्लेषक सुवास चन्द्र ढुंगाना, वित्त विज्ञ जगन्नाथ ढुंगेल तथा नवराज सिलवाललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात पानसमा बत्ती बालेर गरिएको थियो भने त्यसपछि राष्ट्रिय गान प्रस्तुत गरिएको थियो। अध्यक्षको अनुमति पश्चात औपचारिक कार्यक्रम अघि बढाइएको थियो।
कार्यक्रम अन्तर्गत शेयर बजार विश्लेषक सुवास चन्द्र ढुंगानाले आफ्नो प्रस्तुति प्रस्तुत गर्दै लगानीका अवसर, जोखिम व्यवस्थापन तथा दीर्घकालीन रणनीतिबारे जानकारी दिनुभएको थियो।
आयोजकका अनुसार यस्ता कार्यक्रमले वित्तीय साक्षरता अभिवृद्धि गर्दै लगानीकर्ताको क्षमता विकास र पूँजी बजारप्रति विश्वास बढाउन सहयोग पुर्याउने विश्वास लिइएको छ।
Birgunj — Under the financial literacy campaign of ABC Securities, the ABC Securities Investor Pro Meet 2082 was successfully conducted in Birgunj with great enthusiasm. The one-day program included share market training, panel discussions, and interactive sessions with experts. According to the organizers, the main objective of the program was to enhance investors’ knowledge, skills, and confidence in the capital market.
Participants had the opportunity to receive direct guidance from market experts. As it is difficult to gain complete technical and fundamental knowledge in a single day, attendees were provided with a free online course worth NPR 2,500. Information about this course was delivered by Sandeep Kumar Chaudhary.
Additionally, participants were offered a 50% discount on the Elite Plan of NEPSE Trading. During break times, participants were encouraged to consult with the technical team for further support and information.
One of the major highlights of the program was the highly appreciated panel discussion. Panelists shared their insights on the current market situation, investment strategies, risk management, and future prospects. Participants described the session as extremely informative and practical.
The program was chaired by Executive Chairman Nitesh Kumar Agrawal of ABC Securities, while Hari Prasad Gautam, President of the Chamber of Commerce, attended as the Chief Guest. Other notable attendees included senior investor Chhotelal Rauniyar, analyst Subas Chandra Dhungana, financial expert Jagannath Dhungel, and Nawaraj Silwal, among others.
The program began with the lighting of a ceremonial lamp, followed by the national anthem. After obtaining permission from the chairperson, the formal session proceeded.
During the program, market analyst Subas Chandra Dhungana delivered a presentation highlighting investment opportunities, risk management techniques, and long-term strategies.
According to the organizers, such programs play a vital role in promoting financial literacy, strengthening investors’ capabilities, and increasing public trust in the capital market.




