NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Accounts and Properties of 13,000 Defaulters Frozen, Depositors’ Refund Remains a Challeng...
    १३ हजार ऋणीको खाता र सम्पत्ति रोक्का, सहकारी पीडितको रकम फिर्ता अझै चुनौतीपूर्ण
    Top
    1 min read
    Published on February 19, 2026
    NEPSE TRADING

    १३ हजार ऋणीको खाता र सम्पत्ति रोक्का, सहकारी पीडितको रकम फिर्ता अझै चुनौतीपूर्णAccounts and Properties of 13,000 Defaulters Frozen, Depositors’ Refund Remains a Challenge

    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी ठगी प्रकरणमा संलग्न करिब १३ हजार ऋणी सदस्यको बैंक खाता, सेयर लगानी तथा चल–अचल सम्पत्ति रोक्का गरेको छ। बचतकर्ताको रकम फिर्ता प्रक्रिया प्रभावकारी बनाउने र ऋण असुली तीव्र पार्ने उद्देश्यले यस्तो निर्णय गरिएको समितिले जनाएको छ।

    समितिका अनुसार समस्याग्रस्त घोषित सहकारी संस्थाबाट ऋण लिएर लामो समयदेखि नतिर्ने सदस्यहरूको सम्पत्ति जफत गर्ने प्रक्रिया अघि बढाइनेछ। जफतमार्फत प्राप्त रकम बचतकर्तालाई फिर्ता गर्ने तयारी गरिए पनि हाल उपलब्ध सम्पत्तिले सबैको रकम चुक्ता गर्न पर्याप्त नहुने प्रारम्भिक मूल्याङ्कन गरिएको छ।

    कार्यालयका तथ्यांकअनुसार ७४ हजार ३०७ बचतकर्ताबाट ४४ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको मागदाबी परेको छ। तीमध्ये हालसम्म करिब ४ अर्ब १२ करोड रुपैयाँ मात्र फिर्ता वा मिलान भएको छ। मागदाबीको तुलनामा फिर्ता रकम अत्यन्त कम रहेकाले पूर्ण भुक्तानी चुनौतीपूर्ण देखिएको समितिको भनाइ छ।

    समिति गठन भएयता २३ सहकारी संस्थाको व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ। तीमध्ये तीन संस्थाको मात्र राफसाफ सम्पन्न भएको छ भने बाँकी २० संस्थामा काम जारी छ। अधिकांश सहकारीको पुँजी संरचना कमजोर र असुली हुन नसक्ने कर्जाको मात्रा बढी भएकाले दायित्व व्यवस्थापन जटिल बनेको कार्यालयले जनाएको छ।

    अचल सम्पत्ति मूल्याङ्कन, जफत तथा लिलाम प्रक्रिया लामो र प्रक्रियामुखी भएकाले ऋण असुलीमा कठिनाइ भइरहेको अधिकारीहरू बताउँछन्। अदालतको प्रक्रिया, प्रशासनिक स्वीकृति तथा बैंकिङ प्रणालीका कारण बचत फिर्ता ढिलो भइरहेको छ।

    अभिलेख अपूर्ण हुनु, विवरण लुकाइनु, हिसाब नमिल्नु तथा सहकारी सञ्चालकले तथ्यांक हेरफेर गरेको आशंकाले समस्या थप जटिल बनेको छ। कतिपय सहकारीले आफ्नै सूचना प्रणाली प्रयोग गरेकाले वास्तविक दायित्व पहिचान गर्न कठिनाइ भएको समितिको भनाइ छ।

    कार्यालयमा दक्ष जनशक्ति अभाव, कर्मचारी सरुवा, कार्यबोझ वृद्धि तथा समन्वय कमजोरीले काम अपेक्षित गतिमा अघि बढ्न नसकेको एक अधिकारीले बताए। स्वार्थ समूहको दबाब र अफवाहले पनि प्रक्रिया प्रभावित भएको उल्लेख गरिएको छ।

    समितिले समयमै न्याय नपाए पीडित बचतकर्ताबाट आन्दोलन र अवरोध बढ्न सक्ने चेतावनी दिएको छ। सम्पत्ति जफत प्रक्रिया सुरु भए पनि सहकारी संकटको समाधान तत्काल सम्भव नदेखिएको समितिको निष्कर्ष छ।

    Kathmandu — The Problematic Cooperative Management Committee has frozen the bank accounts, share investments, and movable and immovable properties of around 13,000 loan defaulters involved in cooperative fraud cases. The move aims to accelerate loan recovery and strengthen the process of refunding depositors’ savings, the committee said.

    According to the committee, legal procedures have been initiated to confiscate the assets of members who borrowed from troubled cooperatives and failed to repay their loans. Although the recovered assets will be used to compensate depositors, preliminary assessments indicate that the available resources are insufficient to repay all claimants in full.

    Official records show that 74,307 depositors have filed claims totaling over NPR 44.48 billion. So far, only about NPR 4.12 billion has been refunded or adjusted. Due to the large gap between claims and recovered funds, full repayment remains highly challenging.

    Since its formation, the committee has taken charge of managing 23 cooperatives. Of these, only three have completed their asset management and liability settlement processes, while work on the remaining 20 is ongoing. Weak capital structures and a high volume of non-performing loans have made financial recovery more complex.

    Officials say that property valuation, confiscation, and auction procedures are lengthy and highly procedural, slowing down loan recovery efforts. Court processes, administrative approvals, and banking regulations have further delayed the refund of savings.

    Incomplete records, hidden transactions, mismatched accounts, and suspected data manipulation by cooperative operators have added to the difficulties. Some cooperatives operated their own internal systems, making it harder to verify actual liabilities.

    A shortage of skilled personnel, frequent staff transfers, heavy workloads, and weak coordination have also hindered progress. Officials noted that pressure from interest groups and the spread of misinformation have negatively affected the process.

    The committee has warned that delays in delivering justice may lead to protests and disruptions by affected depositors. Although asset confiscation has begun, the committee concluded that resolving the cooperative crisis will take considerable time and remains dependent on legal and administrative procedures.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026