NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. ADB Unveils Special Assistance Package to Help Member Countries Amid Middle East Conflict
    मध्यपूर्व द्वन्द्वबीच सदस्य राष्ट्रका लागि एडीबीले विशेष सहायता प्याकेज घोषणा
    Top
    1 min read
    Published on March 25, 2026
    NEPSETRADING

    मध्यपूर्व द्वन्द्वबीच सदस्य राष्ट्रका लागि एडीबीले विशेष सहायता प्याकेज घोषणाADB Unveils Special Assistance Package to Help Member Countries Amid Middle East Conflict

    मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जित आर्थिक तथा वित्तीय चुनौतीहरू सामना गर्न एशियाली विकास बैंक (एडीबी) ले आफ्ना विकासोन्मुख सदस्य राष्ट्रहरूका लागि विशेष सहायता प्याकेजको घोषणा गरेको छ। यस प्याकेजको उद्देश्य तत्कालका आर्थिक दबाब व्यवस्थापन गर्नु र दीर्घकालीन रूपमा ती देशका अर्थतन्त्रलाई मजबुत बनाउनु हो। बैंकका अध्यक्ष मासातो कान्डाले प्याकेजमार्फत सदस्य राष्ट्रहरूलाई द्रुत बजेट सहायता उपलब्ध गराइने र अत्यावश्यक वस्तुहरूको आयात सुनिश्चित गरिने बताएका छन्। व्यापार तथा आपूर्ति श्रृंखलालाई सहज बनाउन वित्त व्यवस्थापन उपलब्ध गराइनेछ, विशेष गरी इन्धन मूल्य वृद्धिलाई सम्बोधन गर्न विभिन्न देशका लागि वित्तीय सहयोग प्रदान गरिनेछ।एडीबीका अनुसार मध्यपूर्वको तनावका कारण ढुवानी मार्गहरूमा अवरोध आउँदा लागत र समय दुवै बढेको छ, जसले ऊर्जा क्षेत्रमा मात्र नभई औद्योगिक कच्चा पदार्थ, पेट्रोकेमिकल्स र रासायनिक मलमा समेत असर पुर्‍याएको छ। यसले कृषि र खाद्य उत्पादनमा गम्भीर संकट निम्त्याउन सक्ने चेतावनी बैंकले दिएको छ। साथै, पर्यटन र रेमिट्यान्समा निर्भर रहने मुलुकहरूले मुद्रास्फीति र वैदेशिक मुद्रा सञ्चितिमा थप दबाब सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ।यस विषम परिस्थितिमा बैंकले आफ्नो ‘काउन्टरसाइकलिक सपोर्ट फेसिलिटी’ मार्फत सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ, जसले सरकारहरूलाई वित्तीय घाटा कम गर्न र लक्षित वर्गको जीवनस्तरमा परेको प्रभाव न्यूनीकरण गर्न मद्दत पुग्नेछ। अध्यक्ष कान्डाका अनुसार, गम्भीर प्रभावित सदस्य राष्ट्रहरूसँग तत्काल आवश्यक सहयोगबारे छलफल सुरु भइसकेको छ। ६९ सदस्य राष्ट्र रहेको यस बहुपक्षीय विकास बैंकले गरिब तथा जोखिममा रहेका समुदायको सुरक्षाका लागि निजी क्षेत्र र अन्य विकास साझेदारहरूसँग मिलेर एकीकृत रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।
    The Asian Development Bank (ADB) has announced a special assistance package for its developing member countries to help them tackle the economic and financial challenges arising from the ongoing conflict in the Middle East. The package aims to manage immediate economic pressures and strengthen the long-term resilience of these economies. ADB President Masato Kanda stated that the package would provide rapid budgetary support and ensure the import of essential goods. Financial measures will also be made available to facilitate trade and supply chains, particularly to address the sharp rise in fuel prices.According to ADB, disruptions in transportation routes due to tensions in the Middle East have increased both costs and delivery times, affecting not only the energy sector but also industrial raw materials, petrochemicals, and fertilizers. This could potentially create serious crises in agriculture and food production. Additionally, countries dependent on tourism and remittances are facing added pressure on inflation and foreign currency reserves.In response to these challenges, the bank will offer concessional loans through its Countercyclical Support Facility, helping governments reduce fiscal deficits and mitigate the impact on vulnerable populations. President Kanda also emphasized that discussions have already begun with the most severely affected member countries to provide immediate assistance. The 69-member multilateral development bank is committed to working with the private sector and other development partners to provide integrated support to protect the poor and at-risk communities.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026