आज एनएमबी बैंकसहित सात सूचीकृत कम्पनीको साधारणसभा
Author
NEPSE TRADING

काठमाडौं। आज एनएमबी बैंक लिमिटेड सहित अस्पताल, बीमा र लगानी कम्पनीहरू गरी सात वटा सूचीकृत संस्थाको साधारणसभा बस्दैछ। आज आयोजना हुने साधारणसभाहरूमा आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण अनुमोदन, नगद लाभांश वितरण, लेखापरीक्षक नियुक्ति, पूँजी संरचना परिवर्तन तथा प्रबन्धपत्र–नियमावली संशोधनजस्ता महत्वपूर्ण प्रस्तावहरू पारित गरिने छन्। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को नवौँ साधारणसभा काठमाडौंको दियो महल, धुम्बाराहीमा बिहान १० बजे बस्दैछ, जसमा १०.५२६३ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव रहेको छ। श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड को तेस्रो साधारणसभा बुटवलको होटल डेनोभोमा बिहान ११ बजे हुँदैछ। यस्तै, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड ले नक्सालस्थित अम्रपाली ब्याङ्क्वेटमा २८औँ साधारणसभा आयोजना गर्दै ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। एन.पी.आई. नारायणी सामुदायिक अस्पताल लिमिटेड को १९औँ साधारणसभा चितवनको भरतपुरमा बिहान ८ बजे बस्दैछ, जसमा आईपीओ निष्कासनसम्बन्धी एजेन्डा रहेको छ। इमर्जिङ भेन्चर लिमिटेड को तेस्रो साधारणसभा कमलादीस्थित राइजिङ मलमा बिहान १०ः३० बजे हुँदैछ भने सनिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड को नवौँ साधारणसभा बानेश्वरस्थित शुभा इभेन्ट्समा बिहान ११ बजे बस्दैछ, जसमा १०.१७८० प्रतिशत नगद लाभांश वितरण प्रस्ताव रहेको छ।


