·

कृषि विकास बैंकले लाभांश घोषणा गर्‍यो

Author

NEPSE trading

कृषि विकास बैंकले लाभांश घोषणा गर्‍यो

कृषि विकास बैंक लिमिटेड (ADBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ।

बैंकका अनुसार घोषित लाभांशमा ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश समावेश छ। पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।

त्यसैगरी, बैंकले फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा वार्षिक ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।

घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण गरिनेछ। बैंकले यो घोषणा शेयरधनीहरूलाई प्रतिफल दिने उद्देश्यले गरेको हो।

Related News