NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Agricultural Development Bank Holds AGM, Approves 13% Dividend
    कृषि विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत लाभांश प्रस्ताव पारित
    Investor
    1 min read
    Published on December 16, 2025
    NEPSE TRADING

    कृषि विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत लाभांश प्रस्ताव पारितAgricultural Development Bank Holds AGM, Approves 13% Dividend

    भक्तपुर । कृषि विकास बैंक लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा सोमबार बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा सम्पन्न भएको छ । साधारण सभाले शेयरधनीहरूलाई बोनस सेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    साधारण सभाबाट बैंकले शेयरधनीलाई चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनसहित ९.७५ प्रतिशत नगद लाभांश उपलब्ध गराउने प्रस्ताव स्वीकृत भएको हो । यसअनुसार बैंकले कुल १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

    बैंकले देशभर फैलिएको बृहत् शाखा सञ्जालमार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जानकारी सभामा प्रस्तुत गरिएको थियो । हाल बैंकले मुख्य कार्यालयसहित २८५ वटा कार्यालयमार्फत अति दुर्गमदेखि सुगम क्षेत्रसम्म सेवा विस्तार गरेको र वाणिज्य बैंकहरूमध्ये कृषि क्षेत्रमा सबैभन्दा बढी लगानी गरेको बैंकले जनाएको छ ।

    उन्नाइसौँ वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष डिम प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । सभामा नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधि मुक्तीरमण पराजुलीसहित नौ जना वक्ताहरूले आ–आफ्नो धारणा राखेका थिए । केही शेयरधनीहरूले लिखित मन्तव्य पनि प्रस्तुत गरेका थिए ।

    शेयरधनीहरूको उल्लेखनीय सहभागिता रहेको सभामा विभिन्न निकाय तथा संघसंस्थाका प्रतिनिधि, बैंकका उच्च व्यवस्थापन तहका अधिकारी, कर्मचारी तथा सञ्चालक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो । सभामा सञ्चालक समितिका सदस्यहरू सेवन्तक पोखरेल, डा. हरिबहादुर केसी, गोविन्दप्रसाद भट्टराई, संजिव पौडेल, विनोदकुमार गुरागाँई र रीता सुवेदीसहित प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ उपस्थित थिए ।

    साधारण सभाको सञ्चालन कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।

    Bhaktapur — Agricultural Development Bank Limited successfully concluded its Annual General Meeting (AGM) for fiscal year 2021/22 (FY 2081/82) on Monday at the bank’s Central Training Institute in Bode, Bhaktapur. The meeting approved the distribution of bonus shares and cash dividends to shareholders.

    The AGM endorsed a proposal to distribute a total dividend of 13 percent of the bank’s paid-up capital. This includes 3.25 percent bonus shares and 9.75 percent cash dividend (inclusive of tax) from the profit earned in the previous fiscal year.

    During the meeting, the bank highlighted its extensive operational network, noting that it has been providing modern banking services through 285 offices, including the head office, across both remote and accessible regions of the country. The bank also stated that it remains the largest investor in the agricultural sector among Nepal’s commercial banks.

    The 19th AGM was held under the chairmanship of Board Chairman Dim Prasad Paudel. Representatives from various institutions attended the meeting, including Mukti Raman Parajuli from the Office of the Financial Comptroller General of the Government of Nepal. A total of nine speakers shared their views during the session, while several shareholders also submitted written statements.

    The AGM witnessed strong shareholder participation, along with the presence of representatives from different organizations, senior management officials, employees, and members of the Board of Directors. Board members including Seventak Pokharel, Dr. Hari Bahadur KC, Govinda Prasad Bhattarai, Sanjiv Paudel, Binod Kumar Guragain, and Rita Subedi were present, along with Chief Executive Officer Govinda Gurung.

    The meeting was conducted by Company Secretary Himalal Paudel.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026