NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Analyzing NIC Asia Bank’s Q2: Net Profit Shrinks as Distributable Deficit Hits NPR 7.39 Bi...
    एनआईसी एशियाको नाफामा संकुचन: ७ अर्ब ३९ करोडले वितरणयोग्य मुनाफा ऋणात्मक
    Investor
    2 min read
    Published on January 29, 2026
    NEPSE TRADING

    एनआईसी एशियाको नाफामा संकुचन: ७ अर्ब ३९ करोडले वितरणयोग्य मुनाफा ऋणात्मकAnalyzing NIC Asia Bank’s Q2: Net Profit Shrinks as Distributable Deficit Hits NPR 7.39 Billion

    काठमाडौं – कुनै समय आक्रामक बजार विस्तार र उच्च नाफाका कारण चर्चामा रहने गरेको एनआईसी एशिया बैंक लिमिटेडको वित्तीय स्वास्थ्यमा अहिले गम्भीर चाप देखिएको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा र अन्य प्रमुख सूचकहरूमा गिरावट आएको छ।

    पुस मसान्तसम्ममा बैंकले १३ करोड ११ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको १५ करोड १७ लाख रुपैयाँको तुलनामा १३.५४ प्रतिशतले कम हो। बैंकको यो नाफा अघिल्ला वर्षहरूको तुलनामा भारी गिरावट हो।

    खराब कर्जा र ब्याज आम्दानीको चुनौती बैंकको नाफा घट्नुमा 'खुद ब्याज आम्दानी' मा आएको ठूलो गिरावट र 'इम्पेरमेन्ट चार्ज' (खराब कर्जा बापतको प्रावधान) मा भएको वृद्धि मुख्य कारक देखिएका छन्। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.८७ प्रतिशतले घटेको छ। उता, सम्भावित कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याइने इम्पेरमेन्ट चार्ज २ अर्ब ३५ करोडबाट बढेर २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। यसले बैंकको सञ्चालन मुनाफालाई ४२.१६ प्रतिशतले खुम्चाइदिएको छ।

    लगानीकर्तालाई धक्का: ईपीएस १ रुपैयाँ ७६ पैसामा सीमित नाफामा आएको निरन्तर गिरावटले बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि ठूलो धक्का पुगेको छ। अघिल्लो वर्ष २ रुपैयाँ ४ पैसा रहेको ईपीएस अहिले २८ पैसाले घटेर १ रुपैयाँ ७६ पैसामा झरेको छ।

    • वितरणयोग्य मुनाफा: सबैभन्दा चिन्ताजनक पक्ष बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब ३९ करोड रुपैयाँले ऋणात्मक रहनु हो। यसले शेयरधनीहरूले तत्काल लाभांश पाउने सम्भावनालाई पूर्णतः समाप्त गरिदिएको छ।

    • पीई रेसियो: नाफा न्यून हुँदा बैंकको मूल्य-आम्दानी अनुपात (PE Ratio) १८८.४४ गुणा पुगेको छ, जसले बजार मूल्यको तुलनामा बैंकको कमाई निकै कमजोर रहेको संकेत गर्दछ।

    वित्तीय स्थिति र पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकको जगेडा कोषमा १४ अर्ब ६६ करोड ८६ लाख रुपैयाँ सञ्चित छ। बैंकले दोस्रो त्रैमासको अन्त्यसम्ममा ३ खर्ब २७ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ३३ पैसा कायम भएको छ।


    विस्तृत विश्लेषण: के भन्छन् यी तथ्याङ्कले?

    एनआईसी एशियाको यो नतिजाले बैंक अहिले 'रिकभरी' को कठिन मोडमा रहेको देखाउँछ। कुनै समय उच्च नाफा कमाउन अपनाइएको आक्रामक कर्जा विस्तारले अहिले खराब कर्जा (NPL) को रूप लिँदा बैंकले ठूलो रकम प्रोभिजनिङमा खर्चिनु परेको छ।

    १. तरलताको थुप्रो र लगानीको अभाव: ३ खर्ब २७ अर्ब निक्षेप हुँदा कर्जा प्रवाह जम्मा २ खर्ब ९ अर्ब हुनुले बैंकसँग लगानीयोग्य रकम थुप्रिएर बसेको तर बजारमा सुरक्षित कर्जा प्रवाह गर्ने ठाउँ नपाएको देखिन्छ। २. लाभांशमा पूर्णविराम: ७ अर्बभन्दा बढी वितरणयोग्य मुनाफा ऋणात्मक हुनु भनेको बैंकले पहिले आफ्ना खराब कर्जाहरू असुल गरेर यो घाटा पूर्ति नगरेसम्म शेयरधनीलाई एक पैसा पनि लाभांश बाँड्न पाउने छैन। ३. साख जोगाउने चुनौती: फि तथा कमिसन आम्दानीमा ११ प्रतिशतको वृद्धि हुनु सकारात्मक पक्ष भए पनि बैंकको कोर बैंकिङ (ब्याज आम्दानी) व्यवसाय नै संकटमा पर्नुले व्यवस्थापनमाथि ठूलो प्रश्न खडा गरिदिएको छ।

    KATHMANDU – NIC Asia Bank (NICA), once the poster child for aggressive growth in Nepal’s banking sector, continues to face a turbulent period. The bank’s second-quarter (Q2) financial results for the current fiscal year (FY 2082/83) reveal a continued slide in profitability and a mounting deficit in distributable funds, raising concerns among investors regarding its dividend capacity for the foreseeable future.

    The bank reported a net profit of NPR 131.1 million for the first six months of the fiscal year—a 13.54% decline from the NPR 151.7 million recorded in the same period last year. This follows a broader trend of shrinking margins that has seen the bank's profitability plummet from its historic peaks.

    The Twin Challenges: Falling Income and Rising Provisions The decline in the bank's bottom line is primarily driven by two factors: a significant drop in core lending income and an increase in risk-related costs.

    • Interest Income Squeeze: Net interest income—the bank's primary revenue stream—fell by 15.87%. This suggests that the bank is struggling with higher costs of funds or a decrease in high-yield lending.

    • Provisioning Pressure: Impairment charges (funds set aside for potential loan defaults) rose to NPR 2.43 billion. As the bank grapples with a surge in non-performing assets, these heavy provisions have eaten away at the operational surplus, causing operating profit to crash by 42.16%.

    The Distributable Deficit: A Major Red Flag The most alarming figure for shareholders is the distributable profit, which currently stands at a negative NPR 7.39 billion. In the banking sector, a negative distributable profit acts as a legal barrier to dividends. Until NIC Asia can recover this massive shortfall through future earnings or debt recovery, it remains legally prohibited from distributing bonus shares or cash dividends to its investors.

    Impact on Shareholder Value

    • Earnings Per Share (EPS): The EPS has dwindled to a mere NPR 1.76, down from NPR 2.04 in the previous year.

    • Valuation Concerns: Due to the low earnings, the bank’s Price-to-Earnings (P/E) ratio has ballooned to 188.44 times, suggesting that the stock is extremely expensive relative to its current earning capacity.

    • Net Worth: The net worth per share remains stable at NPR 198.33, providing a book-value anchor despite the earnings volatility.

    Liquidity vs. Utilization NIC Asia currently holds NPR 327.50 billion in deposits but has only utilized NPR 209.31 billion in loans. This creates a significant gap, indicating that the bank has ample liquidity but is being extremely cautious—or is facing low demand—in the credit market.

    Detailed Interpretation: The "Clean-up" Phase

    The data indicates that NIC Asia Bank is currently in a "Regulatory and Risk Clean-up" phase. After years of hyper-aggressive loan expansion, the bank is now dealing with the aftermath of deteriorating asset quality.

    1. The Provisioning Cycle: The NPR 2.43 billion impairment charge shows that the bank is being forced to prioritize balance sheet health over reported profits. This is a painful but necessary step to stabilize the institution.

    2. Dividend Drought: With a negative distributable profit of over 7 billion, shareholders should brace for a "No Dividend" scenario for at least the next one to two fiscal years, unless there is a massive recovery of bad loans.

    3. Market Sentiment: The massive P/E ratio of 188 indicates a "valuation trap" for short-term traders. However, long-term investors may be looking at the net worth (NPR 198) as a sign that the bank still has significant underlying assets if it can successfully navigate this recovery period.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026