NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Api Power Company Signs Agreement with Troyer AG for Marsyangdi Besi Hydropower Project
    अपि पावर कम्पनीले मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि ट्रोयर एजीसँग सम्झौता गर्‍यो
    Investor
    2 min read
    Published on November 13, 2025
    NEPSE TRADING

    अपि पावर कम्पनीले मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि ट्रोयर एजीसँग सम्झौता गर्‍योApi Power Company Signs Agreement with Troyer AG for Marsyangdi Besi Hydropower Project

    अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत् उत्पादन क्षमता विस्तार गर्ने रणनीतिक योजनाअन्तर्गत ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाका लागि इलेक्ट्रो–मेकानिकल उपकरण आपूर्ति तथा जडान कार्यको सम्झौता गरेको छ। लमजुङ जिल्लाको बेसीसहर नगरपालिका स्थित यो आयोजना देशको आगामी ठूला जलविद्युत् परियोजनामध्ये एक मानिएको छ।

    उक्त सम्झौताअनुसार, ट्रोयर एजी, इटालीलाई उपकरण आपूर्ति र जडान कार्यको जिम्मेवारी दिइएको छ। सम्झौतामा ह्यान्सपिटर स्कोल्झोर्न, प्रमुख बिक्री विभाग प्रमुख (ट्रोयर एजी, इटाली), पवन ढकाल, अध्यक्ष (ट्रोयर हाइड्रो प्रा.लि., भारत) र सतीश न्यौपाने, अध्यक्ष (दिव्य ज्योति हाइड्रोपावर लिमिटेड) ले हस्ताक्षर गरेका छन्।

    ट्रोयरका अनुसार, मर्स्याङ्दी बेसी आयोजना नेपालमा जडान हुने सबैभन्दा ठूलो फ्रान्सिस टरबाइन मध्ये एक हुनेछ। यसअघि ट्रोयरले सुपर चेपे (९.०५ मेगावाट) र ठूलो खोला (२१.३ मेगावाट) आयोजना सफलतापूर्वक सञ्चालनमा ल्याइसकेको छ। यस्तै मेवा खोला (५० मेगावाट), सेती खोला (२२ मेगावाट) र स्यार्पु खोला (३.३ मेगावाट) आयोजना अन्तिम जडान र परीक्षणको चरणमा छन्।

    त्यस्तै, ट्रोयरले न्यासिम खोला (३८.५ मेगावाट), अपर खुडी (२६ मेगावाट), सभाखोला बी (३२.२५ मेगावाट), लुजा खोला (२४.९८ मेगावाट), अपर म्याग्दी (४६.२५ मेगावाट), अपर म्याग्दी–१ (५३.५ मेगावाट) र दूधपोखरी चेपे (११ मेगावाट) आयोजना डिजाइन तथा निर्माणका विभिन्न चरणमा रहेको जनाएको छ।

    नेपालमा दीर्घकालीन प्राविधिक सेवा र सहयोग सुदृढ गर्न ट्रोयरले काठमाडौंमा वेयरहाउस स्थापना गरी स्थानीय प्राविधिक टोली गठन गरेको छ, जसले ग्राहकलाई मर्मत–सम्भार र आपतकालीन सेवामा सहयोग पुर्‍याउनेछ।

    सम्झौताअनुसार, ट्रोयर एजीले आगामी दुई वर्षभित्र उपकरण आपूर्ति, जडान तथा परीक्षण कार्य सम्पन्न गरी आयोजना विद्युत् उत्पादनका लागि तयार बनाउनेछ।

    करिब १० अर्ब रुपैयाँ लगानी हुने यस आयोजनामा ३० प्रतिशत इक्विटी लगानी प्रवर्द्धक समूहबाट र ७० प्रतिशत ऋण लगानी बैंकहरूबाट जुटाइनेछ। आयोजना दुई वर्ष र छ महिनाभित्र व्यावसायिक उत्पादनमा आउने लक्ष्य राखिएको छ।

    उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको उदिपुर सबस्टेशनमा जोडिनेछ, जसले राष्ट्रिय ग्रिडमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

    यसअघि अपि पावर कम्पनीले दिव्य ज्योति हाइड्रोपावर लिमिटेड (मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी) का सम्पूर्ण सेयर खरिद गर्ने निर्णय गरेको थियो। आर्थिक र प्राविधिक मूल्यांकनपछि उपयुक्त ठहरिएकाले अब उक्त कम्पनीको स्वामित्व तथा व्यवस्थापन अपि पावर कम्पनी लिमिटेडको बहुमत स्वामित्वमा रहनेछ।

    Api Power Company Limited has signed an agreement with Troyer AG, Italy for the supply and installation of electro-mechanical equipment for the 50 MW Marsyangdi Besi Hydropower Project, as part of its plan to expand power generation capacity. The project is located in Besisahar Municipality, Lamjung District, and is considered one of Nepal’s major upcoming hydropower initiatives.

    Under the agreement, Troyer AG will be responsible for the supply, installation, and commissioning of the equipment. The agreement was signed by Hanspeter Scholzhorn, Head of Sales at Troyer AG (Italy); Pawan Dhakal, Chairman of Troyer Hydro Pvt. Ltd. (India); and Satish Nyaupane, Chairman of Divya Jyoti Hydropower Limited, the project’s promoter company.

    According to Troyer, the Marsyangdi Besi project will feature one of the largest Francis turbines ever installed in Nepal. The company has already supplied equipment for Super Chepe (9.05 MW) and Thulo Khola (21.3 MW) projects, both operational. Similarly, Mewa Khola (50 MW), Seti Khola (22 MW), and Syarpu Khola (3.3 MW) are in the final stages of installation and testing.

    Troyer is also involved in the design and construction of several other projects, including Nyasim Khola (38.5 MW), Upper Khudi (26 MW), Sabha Khola B (32.25 MW), Luja Khola (24.98 MW), Upper Myagdi (46.25 MW), Upper Myagdi–1 (53.5 MW), and Dudhpokhari Chepe (11 MW).

    To strengthen long-term technical services in Nepal, Troyer has established a warehouse in Kathmandu and formed a local technical team to ensure timely support and maintenance for clients.

    As per the contract, Troyer AG will complete the supply, installation, and testing works within two years, enabling the project to begin electricity generation.

    The project involves an estimated investment of around NPR 10 billion, with 30% equity financing from the promoter group and 70% debt financing from banks. The company targets commercial operation within two years and six months.

    Electricity generated from the project will be connected to the Nepal Electricity Authority’s Udipur substation, contributing significantly to the national transmission grid.

    Earlier, Api Power Company Limited had decided to acquire all shares of Divya Jyoti Hydropower Limited, the promoter of the Marsyangdi Besi Hydropower Project. Following financial and technical evaluation, the ownership and management of the company will now remain under the majority control of Api Power Company Limited.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026