
Top
1 min read
NEPSE TRADING
एपोलो हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला, बैशाख २ सम्म आवेदन दिन सकिनेApollo Hydropower IPO Opens for General Public, Applications Open Until April 14
एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ, जसमा लगानीकर्ताले २०८३ बैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेको छ । अब दोस्रो चरणअन्तर्गत ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि निष्काशन गरिएको हो। न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘डबल बी माइनस’ रेटिङ्ग प्रदान गर्दै मध्यम जोखिम संकेत गरेको छ। ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजनामा आधारित यस कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक Himalayan Capital Limited रहेको छ । लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
Apollo Hydropower Limited has opened its Initial Public Offering (IPO) for the general public, with applications open until April 14, 2026 (Baisakh 2, 2083). The company had earlier allocated shares to project-affected locals and Nepali workers employed abroad. In the second phase, it is now issuing 780,200 ordinary shares at a face value of NPR 100 per share to general investors. Applicants can apply for a minimum of 10 shares and a maximum of 94,000 shares. CARE Ratings Nepal has assigned the company a “Double B Minus” issuer rating, indicating a moderate level of risk in meeting its financial obligations. The IPO is related to the company’s 6 MW Buku Khola Hydropower Project. The issue manager for the IPO is Himalayan Capital Limited, and investors can apply through ASBA-approved banks and financial institutions or via the Mero Share online platform.




