NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Apollo Hydropower Opens First Phase of IPO from Falgun 11
    एपोलो हाइड्रोपावरको पहिलो चरणको आईपीओ बिक्री फागुन ११ गतेदेखि खुला
    Investor
    2 min read
    Published on February 23, 2026
    NEPSE TRADING

    एपोलो हाइड्रोपावरको पहिलो चरणको आईपीओ बिक्री फागुन ११ गतेदेखि खुलाApollo Hydropower Opens First Phase of IPO from Falgun 11

    Apollo Hydropower Limited ले आज फागुन ११ गतेदेखि पहिलो चरणको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै आईपीओ निष्कासन गरेको हो।

    कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँ मूल्यका १४ लाख १० हजार कित्ता साधारण सेयर निष्कासन गर्न Securities Board of Nepal बाट माघ २० गते अनुमति प्राप्त गरेको थियो। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि ४ लाख ७० हजार कित्ता सेयर छुट्याइएको छ।

    छुट्याइएको सेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्र ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपालिका–७ र ८ का बासिन्दालाई, ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका–२ तथा रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका–३ का बासिन्दालाई र बाँकी २० प्रतिशत अर्थात ९४ हजार कित्ता न्यून प्रभावित क्षेत्र रामेछापको उमाकुण्ड गाउँपालिका–२ तथा गोकुलगंगा गाउँपालिका–१ का स्थानीयलाई बाँडफाँट गरिनेछ।

    स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ४७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। छिटोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा पर्याप्त आवेदन नपरे ढिलोमा चैत १० गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ।

    त्यसैगरी, सर्वसाधारण समूहका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात ९४ हजार कित्ता श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीका लागि निष्कासन गरिएको छ। यस समूहले न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन दिने अन्तिम मिति छिटोमा फागुन १४ गते तोकिएको छ।

    आईपीओ रेटिङमा CARE Ratings Nepal ले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

    कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने बुकु खोलामा ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब २२ करोड ८६ लाख रुपैयाँ अनुमान गरिएको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.७७ वर्ष तथा छुट दरमा १६.४३ वर्ष रहेको कम्पनीले जनाएको छ।

    आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा Himalayan Capital Limited रहेको छ। स्थानीय बासिन्दाले आयोजना कार्यालय तथा तोकिएका बैंक शाखाबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

    कम्पनीका अध्यक्ष आङ तेन्जी शेर्पा रहेका छन्। सञ्चालक समितिमा डिल्लीबहादुर गुरुङ, रेनुका गुरुङ, धनबहादुर बस्नेत, राजेन्द्र गुरुङ, रोजेनकुमार श्रेष्ठ तथा स्वतन्त्र सञ्चालक विष्णु प्रसाद अधिकारी रहेका छन्।

    कम्पनीका अनुसार यस आईपीओमार्फत संकलन हुने रकम आयोजना निर्माणलाई गति दिन, वित्तीय संरचना मजबुत बनाउन तथा दीर्घकालीन ऊर्जा उत्पादन विस्तारमा प्रयोग गरिनेछ।

    Apollo Hydropower Limited has opened the first phase of its Initial Public Offering (IPO) from Falgun 11. The company has issued the IPO targeting local residents of the project-affected areas and Nepali citizens working abroad with valid labor permits.

    The company received approval from the Securities Board of Nepal on Magh 20 to issue 30 percent of its issued capital of NPR 570 million. Accordingly, it is issuing 1.41 million (14 lakh 10 thousand) ordinary shares worth NPR 141 million. In the first phase, 470,000 shares have been allocated for residents of the project-affected areas.

    Of the allocated shares, 50 percent (235,000 units) have been reserved for residents of highly affected areas in Khijidemba Rural Municipality–7 and 8 of Okhaldhunga district. Similarly, 30 percent (141,000 units) have been allocated for moderately affected areas, including Likhu Pike Rural Municipality–2 of Solukhumbu and Umakunda Rural Municipality–3 of Ramechhap. The remaining 20 percent (94,000 units) have been set aside for residents of less affected areas in Umakunda Rural Municipality–2 and Gokulganga Rural Municipality–1 of Ramechhap.

    Local residents can apply for a minimum of 10 shares and a maximum of 47,000 shares. Applications can be submitted until Falgun 25, and if the issue is not fully subscribed, the deadline will be extended until Chaitra 10.

    In addition, 10 percent of the shares allocated for the general public, equivalent to 94,000 units, have been reserved for Nepali citizens working abroad with labor approval. This group can apply for a minimum of 10 shares and a maximum of 94,000 shares. The early closing date for foreign-employed Nepalis has been set for Falgun 14.

    In terms of IPO rating, CARE Ratings Nepal has assigned the company a ‘CARE-NP BB Minus’ issuer rating, indicating a moderate level of risk in meeting its financial obligations.

    Apollo Hydropower is currently constructing a 6-megawatt hydropower project on the Buku River, located on the border of Okhaldhunga and Solukhumbu districts. The total estimated cost of the project is NPR 1.372 billion, with an approximate cost of NPR 228.6 million per megawatt. According to the company, the simple payback period of the project is estimated at 7.77 years, while the discounted payback period stands at 16.43 years.

    The issue and sales manager for the IPO is Himalayan Capital Limited. Local residents can submit applications through the project office and designated bank branches, while Nepalis working abroad can apply through the ASBA system.

    The company is chaired by Ang Tenzi Sherpa. Other board members include Dilli Bahadur Gurung, Renuka Gurung, Dhan Bahadur Basnet, Rajendra Gurung, Rozen Kumar Shrestha, and independent director Bishnu Prasad Adhikari.

    According to the company, the funds raised through the IPO will be used to accelerate project construction, strengthen its financial structure, and support long-term expansion in renewable energy generation.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026