NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Apollo Hydropower to Launch IPO for General Public from March 26
    एपोलो हाइड्रोपावरको आईपीओ चैत २६ गतेदेखि खुल्दै, सर्वसाधारणका लागि ७.८० लाख कित्ता प्रस्ताव
    Investor
    1 min read
    Published on March 31, 2026
    NEPSE TRADING

    एपोलो हाइड्रोपावरको आईपीओ चैत २६ गतेदेखि खुल्दै, सर्वसाधारणका लागि ७.८० लाख कित्ता प्रस्तावApollo Hydropower to Launch IPO for General Public from March 26

    काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेड ले सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले दोस्रो चरणअन्तर्गत चैत २६ गतेदेखि ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर निष्काशनमा ल्याउने जनाएको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा शेयर सार्वजनिक गर्न लागिएको कम्पनीले स्पष्ट पारेको छ।यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। सो क्रममा स्थानीयका लागि ४ लाख ७० हजार कित्ता र विदेशमा कार्यरत नेपालीहरूका लागि ९४ हजार कित्ता शेयर वितरण गरिएको थियो। साथै, सामूहिक लगानी कोषका लागि ३७ हजार कित्ता र कम्पनीका कर्मचारीका लागि १८ हजार ८०० कित्ता शेयर छुट्याएर बाँडफाँट सम्पन्न भइसकेको छ।कम्पनीले कुल ५७ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको थियो। सोही योजनाअनुसार अब बाँकी शेयर सर्वसाधारणका लागि खुला गर्न लागिएको हो।सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन दिने अवधि छिटोमा चैत ३० गतेसम्म रहनेछ भने पूर्ण आवेदन नपरेको अवस्थामा बैशाख १० गतेसम्म निष्काशन अवधि लम्बिन सक्ने कम्पनीले जनाएको छ।आईपीओको जोखिम मूल्याङ्कनका क्रममा केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ (CARE-NP BB-) इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।कम्पनीले सञ्चालनमा ल्याएको ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना ओखलढुंगा क्षेत्रमा अवस्थित रहेको छ। आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख ३९ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ८६ लाख ७३ हजार रुपैयाँ निर्धारण गरिएको छ। कम्पनीका अनुसार आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.७७ वर्ष र छुट दरमा १६.४३ वर्ष रहने अनुमान गरिएको छ।आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा हिमालयन क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था मार्फत सि–आस्बा प्रणाली वा मेरो शेयर अनलाइन प्लेटफर्म प्रयोग गरी आवेदन दिन सक्नेछन्।ऊर्जा क्षेत्रप्रति लगानीकर्ताको चासो बढिरहेका बेला यो आईपीओले बजारमा कस्तो प्रतिक्रिया पाउँछ भन्ने विषय चासोको रूपमा हेरिएको छ।
    Kathmandu — Apollo Hydropower Limited is set to issue its Initial Public Offering (IPO) to the general public starting from March 26 (Chaitra 26). The company will offer 780,200 ordinary shares worth NPR 78.02 million at a face value of NPR 100 per share under the second phase of its public issuance.Prior to this, the company had already completed the allotment of shares to project-affected local residents and Nepali citizens working abroad. A total of 470,000 shares were allocated to locals, while 94,000 shares were distributed to foreign-employed Nepalis. Additionally, 37,000 shares were set aside for mutual funds and 18,800 shares were allocated to employees.The company had received approval to issue 1.41 million shares worth NPR 141 million, representing 30% of its total issued capital of NPR 570 million. With earlier allocations completed, the remaining shares are now being offered to the general public.Investors can apply for a minimum of 10 shares and a maximum of 94,000 shares. The IPO will remain open until March 30 (Chaitra 30) at the earliest, and if not fully subscribed, the deadline may be extended until April 22 (Baisakh 10, 2083).In terms of creditworthiness, CARE Ratings Nepal has assigned the company an issuer rating of ‘CARE-NP BB-’, indicating a moderate level of risk in its ability to meet financial obligations.Apollo Hydropower is currently operating the 6 MW Buku Khola Hydropower Project, with an estimated total cost of NPR 1.372 billion. The cost per megawatt stands at NPR 228.67 million. According to the company, the project has a simple payback period of 7.77 years and a discounted payback period of 16.43 years.The IPO issue and sales manager has been appointed as Himalayan Capital Limited. Interested investors can apply through ASBA-approved banks and financial institutions using the C-ASBA system or via the Mero Share online platform.With growing investor interest in Nepal’s hydropower sector, market participants are closely watching how this IPO will be received in the primary market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026