Application Deadline for NLG Insurance's 62.56% Rights Shares is Today
Author
NEPSE trading
एनएलजी इन्सुरेन्स कम्पनीले ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्दैछ।
आज कात्तिक २६ गते सोमबारसम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।
कम्पनीले कात्तिक २७ गते बुक क्लोज गर्ने तयारी गरेको छ।
मंसिर ११ गतेदेखि ६२.५६ प्रतिशत अर्थात् १०ः६.२५६ अनुपातमा हकप्रद सेयर जारी हुनेछ।
कुल ९६ लाख ३१ हजार २२०.२२ कित्ता सेयर १ सय अंकित मूल्यमा निष्कासन गरिनेछ।
सेयर निष्कासनबाट उठ्ने कुल रकम ९६ करोड ३१ लाख २२ हजार २२ सय रुपैयाँ हुनेछ।
बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराईज क्यापिटललाई दिइएको छ।
हालको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ।
हकप्रद सेयर जारी पश्चात् चुक्ता पुँजी बढेर २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ।