NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Applications Open for Reliance Spinning Mills IPO From Today
    रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने
    Investor
    1 min read
    Published on December 8, 2025
    NEPSE TRADING

    रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिनेApplications Open for Reliance Spinning Mills IPO From Today

    रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आज मंसिर २२ गतेदेखि आफ्ना सेयरहरूको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले नेपाल सरकारका सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरिएकाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्काशन गर्ने प्रक्रिया सुरू गरेको हो।

    कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण सेयरको १० प्रतिशत, अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर आवेदनका लागि उपलब्ध गराएको छ। कम्पनीको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ भए पनि बोलकबोल प्रक्रियाबाट निर्धारण गरिएको ८२० रुपैयाँ ८० पैसा मा लगानीकर्ताले आवेदन दिनुपर्नेछ।

    यसअघि बोलकबोल प्रणालीमार्फत योग्य संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिइएपछि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसा कायम गरिएको हो।

    इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्ता तथा अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन अवधि छिटोमा मंसिर २५ गते बन्द हुनेछ, तर सो अवधिसम्म पूर्ण आवेदन नपरेमा अवधि पुस ७ गतेसम्म लम्बिन सक्ने कम्पनीले जनाएको छ।

    यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखाहरू वा ‘मेरो शेयर’ अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

    शेयर निष्काशनका लागि प्राप्त रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई CARE NP Single A– (Issuer Rating) प्रदान गरेको छ। यसले कम्पनीले आफ्नो वित्तीय दायित्व सुरक्षित रूपमा बहन गर्ने पर्याप्त क्षमता रहेको संकेत गर्छ।

    रोजगारका हिसाबले पनि रिलायन्स स्पिनिङ मिल नेपालका सबैभन्दा ठूलो धागो उत्पादन उद्योगहरूमध्ये एक हो। कम्पनीले आफ्ना उत्पादनमध्ये ७०–७५ प्रतिशत धागो भारत, टर्की, भियतनाम, यूके लगायतका मुलुकहरूमा निर्यात गर्दै आएको छ। कम्पनीका अध्यक्ष पवन कुमार गोल्याण तथा प्रबन्ध सञ्चालक अक्षय गोल्याण रहेका छन्।

    कम्पनीको मुख्य उद्योग ईटहरी नगरपालिका–१२, खनार, सुनसरीमा र शाखा उद्योग ईटहरी नगरपालिका–४, दुहाबी, सुनसरीमा अवस्थित छ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.७५ वर्ष तथा डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.६१ वर्ष रहेको जनाएको छ।

    Reliance Spinning Mills Limited has opened applications for its Initial Public Offering (IPO) from Mangsir 22. The company has received labor approval from the Government of Nepal to issue the IPO exclusively for Nepali citizens working abroad.

    The company is offering 10% of the total IPO reserved for the public, amounting to 115,596 shares. While the face value of each share is Rs 100, applicants must apply at the price of Rs 820.80 per share, determined through the book-building method.

    Earlier, during the bidding process among eligible institutional investors, the cut-off price was fixed at Rs 912. After providing a 10% discount as per the rule for migrant workers, the final price for this issuance has been set at Rs 820.80.

    Investors can apply for a minimum of 50 shares and a maximum of 20,000 shares. The issue will close early on Mangsir 25 if fully subscribed; otherwise, the deadline will be extended until Poush 7.

    Global IME Capital Limited is the issue manager for this IPO. Interested applicants can apply through any ASBA member bank, financial institution, their designated branch offices, or via the “Mero Share” online platform operated by CDS & Clearing Limited.

    In the credit rating assessment for the offering, CARE Ratings Nepal assigned the company a CARE NP Single A– (Issuer Rating), indicating that the company has adequate capacity to meet its financial obligations in a timely manner.

    Reliance Spinning Mills is one of Nepal’s largest employers in the yarn manufacturing industry. The company exports 70–75% of its yarn production to countries such as India, Turkey, Vietnam, and the United Kingdom. The company’s chairman is Pawan Kumar Golyan, and the managing director is Akshay Golyan.

    The company’s main production unit is located at Itahari Municipality Ward 12, Khanar, Sunsari, while its branch unit is situated at Itahari Municipality Ward 4, Duhabi, Sunsari. The estimated payback period of the project is 6.75 years at normal returns, and 10.61 years at discounted returns.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026