
समस्याग्रस्त दुई सहकारीका थप ८२ बचतकर्ताले फिर्ता पाए बचतAround NPR 46 Billion Still Pending, 82 More Depositors Receive Refunds
काठमाडौं — समस्याग्रस्त घोषित लालीगुराँस र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाका थप ८२ जना बचतकर्ताले आफ्नो जम्मा रकम फिर्ता पाएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले यी बचतकर्तालाई रकम भुक्तानी गरेको हो ।
समितिका अनुसार यसपटक फिर्ता पाउनेमध्ये ७० जना लालीगुराँस सहकारीका र १२ जना आइडियल यमुना सहकारीका छन् । यो रकम समस्याग्रस्त संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनमार्फत जुटेको स्रोतबाट उपलब्ध गराइएको समितिले जनाएको छ ।
लालीगुराँस सहकारीतर्फ अहिलेसम्म ३०८ जना बचतकर्ताले रकम फिर्ता पाइसकेका छन् । भुक्तानीको पहिलो चरणमा थोरै रकम जम्मा गरेका साना बचतकर्तालाई अगाडि राखिएको र आगामी दिनमा बचतको आकारअनुसार वर्गीकरण गर्दै अरूलाई पनि क्रमशः रकम फिर्ता गरिने समितिले बताएको छ ।
तर समस्याग्रस्त सहकारीका बचतकर्ताको पर्खाइ अझै लामो छ । समितिको तथ्यांकअनुसार समस्याग्रस्त घोषित संस्थाहरूका करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ बचत फिर्ता हुन बाँकी छ । यीमध्ये अधिकांश साना बचतकर्ता नै रहेका छन् ।
बचत रकमका आधारमा समितिले बचतकर्तालाई दुई वर्गमा छुट्याएको छ — पाँच लाख रुपैयाँभन्दा कम जम्मा भएकालाई साना र सोभन्दा बढी भएकालाई ठूला बचतकर्ता । कुल ७६ हजारमध्ये करिब १८ हजार जनाको बचत भने पाँच लाख रुपैयाँभन्दा माथि छ ।
समितिले समस्याग्रस्त संस्थाहरूबाट ऋण असुली, धितो व्यवस्थापन र सम्पत्ति बिक्रीको प्रक्रियालाई तीव्र पारेको दाबी गरेको छ । यसरी जुटेको रकम कानुनी प्रक्रियाअनुसार सम्बन्धित सहकारीका बचतकर्तालाई चरणबद्ध रूपमा फिर्ता गर्ने काम निरन्तर रहने समितिको भनाइ छ ।
सहकारी क्षेत्रमा आएको संकटका कारण हजारौं बचतकर्ता लामो समयदेखि आफ्नो रकम फिर्ताको आसमा छन् । सरकारले ऋण असुली र सम्पत्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाएर रकम फिर्ताको प्रक्रियामा गति दिने प्रयास गरिरहेको जनाएको छ ।
Kathmandu — While nearly NPR 46 billion remains to be returned to around 76,000 depositors of troubled cooperatives, the Management Committee has refunded savings to an additional 82 depositors. The latest payments were made to members of Laligurans Cooperative and Ideal Yamuna Multipurpose Cooperative.
According to the committee, 70 of the 82 beneficiaries are from Laligurans, while the remaining 12 are from Ideal Yamuna. The funds were generated not from new sources but through loan recoveries and the sale of assets belonging to the troubled cooperatives.
Including previous distributions, a total of 308 Laligurans depositors have now received their savings back. The repayment process initially prioritized small depositors and will gradually expand to other depositors based on the size of their savings.
However, a significant gap remains between repayments and outstanding liabilities. Committee data shows that approximately NPR 46 billion belonging to nearly 76,000 depositors is still tied up in problematic cooperatives, with the majority of affected individuals being small savers.
The committee has categorized depositors into two groups: those with savings of up to NPR 500,000 and those with deposits above that amount. Of the roughly 76,000 depositors, only about 18,000 have savings exceeding NPR 500,000, indicating that most affected depositors are small investors.
The repayment effort continues to rely primarily on loan recovery, collateral management, and asset sales. The committee says it has accelerated these processes and will distribute recovered funds to depositors in phases in accordance with legal provisions.
The cooperative sector crisis has left thousands of depositors facing uncertainty for years. Authorities say efforts are underway to speed up loan recovery and asset management to accelerate the refund process and provide relief to affected savers.


