
दशैंमा सुकिलो नोट सटही गर्ने व्यवस्था: असोज १३ गतेदेखि २२ गतेसम्म Arrangement for Exchanging Clean Notes During Dashain: From Asoj 13 to 22
यस वर्षको दशैंमा नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि नयाँ नोट सटही नगरी हाल प्रयोग भइरहेका चलनचल्तीका योग्य सुकिलो वा सफा नोट सटहीको व्यवस्था गरेको छ। विगतका वर्षहरूमा नयाँ नोट सटही गरिदैँ आएकामा यसपटक सुकिला नोट साट्न पाइने निर्णय गरिएको हो।
नोट सटहीको समय र स्थान:
नोट सटहीको अवधि: असोज १३ गतेदेखि २२ गतेसम्म।
सटही गर्ने स्थानहरू:
नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग, र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज, र धनगढी)।
बैंक तथा वित्तीय संस्थाहरूबाट सटही:
राष्ट्र बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सुकिलो नोट सटहीको व्यवस्था मिलाएको छ। सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा नजिकको कुनै पनि बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई सुकिलो नोट साट्न सक्नेछन्।
यो व्यवस्था सर्वसाधारणलाई सजिलै सुकिलो नोट प्राप्त गराउन र दशैंको तयारीलाई सहज बनाउन गरिएको हो।

For this year's Dashain festival, Nepal Rastra Bank has arranged for the exchange of clean or well-maintained notes that are currently in circulation, instead of issuing new notes to the public. Unlike in previous years, when new notes were exchanged, this time the decision has been made to allow the exchange of clean notes.
Note Exchange Time and Locations:
Exchange Period: From Asoj 13 to 22.
Exchange Locations:
Nepal Rastra Bank's Currency Management Department, Banking Department, and provincial offices (Biratnagar, Janakpur, Birgunj, Pokhara, Siddharthanagar, Nepalgunj, and Dhangadhi).
Exchange Through Banks and Financial Institutions:
Nepal Rastra Bank has also arranged for the exchange of clean notes through branch offices of licensed banks and financial institutions. The public can visit their own bank, a nearby bank or financial institution, or Nepal Rastra Bank to exchange clean notes.
This arrangement has been made to facilitate the public in obtaining clean notes easily and to make Dashain preparations more convenient.





