अरुण भ्याली हाइड्रोपावरले लाभांश संशोधन गर्दै बोलायो साधारण सभा, पुस १८ गते बुकक्लोज
Author
NEPSE TRADING

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरिएको लाभांश संशोधन गर्दै वार्षिक साधारण सभा बोलाएको छ। सुरुमा असोज १ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी विद्युत नियमन आयोगमा स्वीकृतिका लागि पठाइएको थियो। तर आयोगबाट सो प्रस्ताव स्वीकृत नभएपछि पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले संशोधित रूपमा ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस ३० गते २८ औँ वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ। यसअनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले साधारण सभामा सहभागी हुन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।



