NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Asha Laghubitta to Hold 9th Annual General Meeting on Poush 4 in Dhulikhel
    आशा लघुवित्तको नवौँ वार्षिक साधारण सभा पुस ४ गते धुलिखेलमा बस्ने
    Investor
    2 min read
    Published on November 28, 2025
    NEPSE TRADING

    आशा लघुवित्तको नवौँ वार्षिक साधारण सभा पुस ४ गते धुलिखेलमा बस्नेAsha Laghubitta to Hold 9th Annual General Meeting on Poush 4 in Dhulikhel

    आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारण सभा आगामी पुस ४ गते (डिसेम्बर १९, २०२५) धुलिखेलमा आयोजना गर्ने भएको छ। मंसिर ११ गते बसेको सञ्चालक समितिको १७९औँ बैठकले साधारण सभा बोलाउने निर्णय गरेसँगै औपचारिक सूचना सार्वजनिक गरिएको हो।

    सभा धुलिखेल–६ स्थित होटल अरनिको प्रा.लि. मा दिउँसो २ बजेदेखि शुरू हुनेछ। संस्थाले सबै शेयरधनीलाई निर्धारित समय र स्थानमा उपस्थित हुन अनुरोध गरेको छ।

    सामान्य प्रस्तावहरू

    सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण र आषाढ मसान्तसम्मको वित्तीय विवरणबारे छलफल गरी पारित गरिनेछ। सोही वर्षको मुनाफाबाट चुक्ता पूँजी रुपैयाँ ७३.३० करोडको ०.५ प्रतिशत बराबर कर प्रयोजनका लागि नगद लाभांश (रु. ३६ लाख ६५ हजार) वितरण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।

    यस्तै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि एजेन्डामा समावेश छ।

    विशेष प्रस्तावहरू

    यस वर्षको महत्वपूर्ण विशेष प्रस्तावमा ९.५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव छ। बोनस वितरणसँगै संस्था गाभ्ने/गाभिने तथा प्राप्ति (Acquisition) प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ।

    साथै संस्थाको चल–अचल सम्पत्ति तथा दायित्वबारे ‘Due Diligence Audit’ गर्न स्वीकृत मूल्याङ्कनकर्ता नियुक्ति गर्ने, आवश्यकता अनुसार MOU (समझदारीपत्र) तयार पार्न र प्रक्रियागत काम अघि बढाउन समितिलाई अधिकार दिने प्रस्ताव पनि टेवलमा हुनेछ।

    प्रवन्ध–पत्र तथा नियमावलीमा नियमनकारी निकायले निर्देशन दिएअनुसार आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव समेत विशेष प्रस्तावमा समावेश गरिएको छ।

    बुक–क्लोज र सहभागी हुने प्रक्रिया

    साधारण सभा प्रयोजनका लागि मंसिर २२ गते १ दिन शेयरधनी दर्ता पुस्तिका बन्द हुनेछ। मंसिर २१ गतेसम्म नेप्सेमा कारोबार भई रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा नाम दर्ता भएकाहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।

    सभा स्थलमा उपस्थित सबै शेयरधनीले आफ्नो डिम्याट खाता नम्बर तथा नागरिकता वा परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।

    साधारण सभामा उपस्थित हुन नसक्ने शेयरधनीले सभाको ४८ घण्टा अगाडि प्रोक्सी फारम पेश गरी प्रतिनिधि नियुक्त गर्न सक्नेछन्।

    संस्थाको जानकारी

    आशा लघुवित्त, नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गमा इजाजत प्राप्त राष्ट्रियस्तरको लघुवित्त संस्था, वनेपा–१३, साँगा काभ्रेमा अवस्थित छ। संस्थाबारे थप जानकारी www.ashamicrofinance.com.np मार्फत पाउन सकिने छ।

    Asha Laghubitta Bittiya Sanstha Limited has announced that its 9th Annual General Meeting (AGM) will be held on Poush 4, 2082 (December 19, 2025). The decision was made during the 179th meeting of the Board of Directors held on Mangsir 11. The AGM notice has now been officially published.

    The meeting is scheduled to take place at Hotel Arniko Pvt. Ltd., Dhulikhel–6, Kavrepalanchok, starting at 2:00 PM. The institution has requested all shareholders to attend the assembly on the specified date and time.

    General Agenda Items

    The AGM will discuss and endorse the Annual Report of FY 2081/82 along with the audited financial statements, profit and loss account, and cash flow statements up to Ashad-end 2082. A proposal to distribute 0.5% cash dividend (for tax purposes) from the profit of FY 2081/82—amounting to Rs. 36.65 lakhs—will be presented.

    The meeting will also appoint an external auditor for FY 2082/83 and determine the auditor’s remuneration as recommended by the Audit Committee.

    Special Agenda Items

    One of the key proposals this year is the distribution of 9.5% bonus shares from the paid-up capital of Rs. 73.30 crore.

    Additionally, the Board seeks authorization to proceed with potential mergers/acquisitions with other microfinance institutions. This includes conducting a Due Diligence Audit (DDA), appointing a certified valuer, drafting a Memorandum of Understanding (MoU), and completing all necessary procedural steps.

    The AGM will also discuss granting authority to the Board to amend the institution’s Memorandum and Articles of Association as per directives from regulatory bodies.

    Book Closure & Participation Details

    For AGM purposes, the shareholders’ registration book will remain closed on Mangsir 22. Only those shareholders whose names are recorded in the ledger maintained by Prabhu Capital Ltd. as of Mangsir 21 will be eligible to participate and vote in the AGM.

    Shareholders attending the AGM must bring their demat account number and an official ID document (citizenship or equivalent).

    Those unable to attend in person may appoint a representative by submitting a proxy form at the central office at least 48 hours before the meeting.

    Additional Information

    Asha Laghubitta is a national-level microfinance institution licensed by Nepal Rastra Bank (Class ‘D’). Its central office is located in Banepa–13, Sanga, Kavrepalanchok.

    Further details are available on the institution’s official website:
    🔗 www.ashamicrofinance.com.np

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026