
आशा लघुवित्त वित्तीय संस्था लिमिटेड को नाफा ४ गुणाभन्दा बढीले बढ्योAsha Laghubitta’s Profit Surges More Than Fourfold
आशा लघुवित्त वित्तीय संस्था लिमिटेड ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्म उल्लेख्य नाफा वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार पुस मसान्तसम्ममा १२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३१.५५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले २ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानीमा करिब १४ प्रतिशतको वृद्धि भई ३८ करोड ७४ लाख रुपैयाँ पुगेकाले नाफा वृद्धिमा महत्वपूर्ण योगदान पुगेको देखिन्छ।
समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ४० करोड ८५ लाख रुपैयाँबाट बढेर ४७ करोड ४४ लाख रुपैयाँ पुगेको छ। यससँगै सञ्चालन नाफा ३ करोड ३६ लाख रुपैयाँबाट बढेर १७ करोड ९१ लाख रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी ६.४५ रुपैयाँबाट बढेर ३१.२९ रुपैयाँ पुगेको छ भने निष्क्रिय कर्जा अनुपात ४.९२ प्रतिशतबाट बढेर १०.१५ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १५८.०८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३७.२३ गुणा रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ८० करोड २६ लाख रुपैयाँ, कुल सम्पत्ति ११ अर्ब ७४ करोड रुपैयाँभन्दा बढी, कर्जा प्रवाह १० अर्ब ८१ करोड रुपैयाँ र निक्षेप संकलन ३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।
Asha Laghubitta Bittiya Sanstha Limited has reported a remarkable improvement in its financial performance in the second quarter of the current fiscal year. According to its unaudited financial statement, the company earned a net profit of NPR 125.5 million by mid-Poush, representing a massive growth of 431.55 percent compared to the same period last year. In the previous fiscal year, the company had recorded a profit of NPR 23.6 million. The significant rise in net interest income, which increased by nearly 14 percent to NPR 387.4 million, played a key role in boosting profitability.
During the review period, the company’s total operating income rose from NPR 408.5 million to NPR 474.4 million. As a result, operating profit surged from NPR 33.6 million to NPR 179.1 million. Earnings per share increased from NPR 6.45 to NPR 31.29, while the non-performing loan ratio climbed from 4.92 percent to 10.15 percent. The company’s net worth per share stands at NPR 158.08, and its price-earnings ratio is 37.23 times. Currently, Asha Laghubitta has a paid-up capital of NPR 802.6 million, total assets exceeding NPR 11.74 billion, loan disbursement of NPR 10.81 billion, and deposit collection of NPR 3.56 billion.




