·

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २० सम्म थप

Author

NEPSE TRADING

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २० सम्म थप

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ४२ प्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २० गतेसम्मका लागि थप गरेको छ। कम्पनीले १० कित्ता बराबर ४.२ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरिरहेको छ।

कम्पनीले १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्दैछ, जसबाट १ अर्ब ४२ करोड ७९ लाख रुपैयाँभन्दा बढी रकम संकलन गर्ने लक्ष्य राखिएको छ। हकप्रद निष्काशनका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरेको थियो, जसअनुसार जेठ १४ गतेसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन्।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई ‘आईआरएन ए माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने पर्याप्त क्षमता रहेको संकेत गर्दछ। निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

शेयरधनीहरुले मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा कार्यालयहरू (बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, बुटवल) तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयमा आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सिडिएससीको ‘मेरो शेयर’ मार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।

Related News