·

एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औँ वार्षिक साधारण सभा फागुन ११ गते, ५ प्रतिशत बोनससहित ५.५२ प्रतिशत नगद लाभांश प्रस्ताव

Author

NEPSE TRADING

एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औँ वार्षिक साधारण सभा फागुन ११ गते, ५ प्रतिशत बोनससहित ५.५२ प्रतिशत नगद लाभांश प्रस्ताव

एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न १८औँ वार्षिक साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले फागुन ११ गते सोमबार, बारा जिल्लाको सिमरास्थित होटल क्लासिकमा साधारण सभा आयोजना गर्ने जनाएको छ।

सभामा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा बोनस शेयरको कर प्रयोजनका लागि ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। यसका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

साधारणसभातथालाभांशवितरणप्रयोजनकालागिकम्पनीलेमाघ२९गतेएकदिनकालागिबुकक्लोजगर्नेनिर्णयगरेकोछ।यसअनुसारमाघ२८गतेबिहीबारसम्मनेप्सेमाकारोबारभईकायमशेयरधनीहरूलेसाधारणसभामासहभागिताजनाउनतथाघोषितलाभांशप्राप्तगर्नसक्नेछन्।

Related News