NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Latest
    3. Asian trading : Gold Hits Historic High as Dollar Weakens, Stock Markets Mixed
    एसियाली बजार : सुनको मूल्य ऐतिहासिक उचाइमा, सेयर बजार मिश्रित
    Latest
    1 min read
    Published on September 2, 2025
    NEPSE TRADING

    एसियाली बजार : सुनको मूल्य ऐतिहासिक उचाइमा, सेयर बजार मिश्रितAsian trading : Gold Hits Historic High as Dollar Weakens, Stock Markets Mixed

    कमजोर डलर र अमेरिकी ब्याजदर कटौतीको अपेक्षाले लगानीकर्ताहरूलाई सुरक्षित आश्रयतर्फ धकेलेपछि मङ्गलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ।

    एसियाली बजारको प्रारम्भिक कारोबारमा सुन प्रति औँस ३,५०१.५९ अमेरिकी डलरसम्म पुगेको छ, जुन यसअघि अप्रिलमा बनेको ३,५००.० डलरको रेकर्डभन्दा माथि हो। स्विसकोट बैंककी इपिक ओजकार्डेस्कायाका अनुसार यो वृद्धि नरम डलर मात्र नभई, विदेशी केन्द्रीय बैंक र संस्थागत लगानीकर्ताहरूको बढ्दो मागले पनि देखाएको हो। अमेरिकी ऋणप्रति बढ्दो चिन्ता, व्यापार तनाव र भू–राजनीतिक जोखिमका कारण यस वर्ष ठूलो मात्रामा लगानी सुनतर्फ मोडिएको उनको भनाइ छ।

    वाल स्ट्रिट श्रम दिवसका कारण सोमबार बन्द रहँदा लगानीकर्ताहरू नयाँ दिशाको प्रतीक्षामा बसेका थिए। त्यसकै प्रभाव स्वरूप सेयर बजार मिश्रित अवस्थामा देखिएको छ। टोकियो, सियोल र जकार्ता उकालो लाग्दा हङकङ र साङ्घाई प्रारम्भिक लाभपछि तल झरे।

    ह्याङसेङमा अलिबाबाको सेयर सोमबार कृत्रिम बुद्धिमत्ता (एआई) राजस्व वृद्धिपछि करिब २० प्रतिशतसम्म उछालिएको थियो। तर लगानीकर्ताले मुनाफा सुरक्षित गर्न खोज्दा मङ्गलबार केही गिरावट आएको हो। स्याक्सो मार्केटका चारु चानानाले अमेरिकी प्रविधि कम्पनीहरूले एआई मुद्रीकरण र उच्च मूल्याङ्कनबारे प्रश्नको सामना गरिरहे पनि चिनियाँ कम्पनीहरूले भने एआई र क्लाउड सेवाबाट वास्तविक आय वृद्धि देखाइरहेको टिप्पणी गरे।

    यसैबीच, अवैध लागुऔषध अनुसन्धानसँग जोडिएपछि जापानी पेय पदार्थ कम्पनी सनटोरीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले राजीनामा दिएका छन्, जसले जापानी कर्पोरेट जगत्लाई स्तब्ध पारेको छ।

    तेल बजारमा भने आगामी सप्ताहान्तमा हुने ओपेकं बैठकअघि मूल्य बढेको छ। उत्पादन आपूर्ति स्थिर रहने अपेक्षाले तेल मूल्यमा वृद्धि भएको विश्लेषकहरूको भनाइ छ।

    Gold prices soared to a historic record high on Tuesday as a weaker dollar and expectations of U.S. interest rate cuts pushed investors toward safe-haven assets.

    In early Asian trading, gold climbed to $3,501.59 per ounce, surpassing the previous record of $3,500.0 set in April. According to Ipek Ozkardeskaya of Swissquote Bank, this surge reflects not only a softer dollar but also strong demand from foreign central banks and institutional investors, who are shifting away from U.S. Treasuries due to growing concerns over U.S. debt, declining valuations, trade tensions, and geopolitical risks.

    With Wall Street closed on Monday for Labor Day, investors were left waiting for new direction, leading to a mixed performance in stock markets. Tokyo, Seoul, and Jakarta traded higher, while Hong Kong and Shanghai slipped after initial gains.

    Alibaba shares in Hong Kong had jumped nearly 20 percent on Monday after reporting strong AI-driven revenue growth and bumper results. However, some profit-taking by investors caused a slight decline on Tuesday. Charu Chanana of Saxo Markets noted that while U.S. tech giants face growing questions over AI monetization and high valuations, Chinese firms are showing real revenue growth from AI and cloud services.

    Meanwhile, Japan’s corporate world was shaken after the CEO of beverage giant Suntory resigned following a scandal linked to illegal drug investigations.

    In the oil market, prices rose ahead of the upcoming OPEC+ meeting this weekend, where the cartel is widely expected to maintain its production levels unchanged.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026