·

बानेश्वरमा जेनजी प्रदर्शनमा प्रहरीको अत्यधिक बल प्रयोग, कम्तीमा १५ जनाको मृत्यु

Author

NEPSE TRADING

बानेश्वरमा जेनजी प्रदर्शनमा प्रहरीको अत्यधिक बल प्रयोग, कम्तीमा १५ जनाको मृत्यु

जेनजीले आह्वान गरेको सोमबारको प्रदर्शन राजधानीसहित देशभर उग्र रूप लिँदै गएको छ । राजधानीको नयाँ बानेश्वर क्षेत्रमा आयोजित प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको पुष्टि भएको छ ।

सुरुमा शान्तिपूर्ण ढंगले सुरु भएको प्रदर्शन बानेश्वरमा संसद भवनतर्फ बढ्दै गर्दा तनावग्रस्त बनेको थियो । ब्यारिकेड तोड्दै संसद भवन प्रवेश गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भयो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

तर, भीड नियन्त्रणबाहिर गएपछि प्रहरीले दमन गर्दै हवाइ फायर, अश्रुग्यास मात्र नभई गोलीसमेत चलाएको छ । यस क्रममा हालसम्म कम्तीमा १५ जनाको मृत्यु पुष्टि भइसकेको छ भने घाइतेको संख्या ठूलो रहेको बताइएको छ । घाइतेलाई विभिन्न अस्पतालमा पुर्याइएको छ र मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

देशभर आज जेनजीले आह्वान गरेको प्रदर्शन भइरहेको छ । विभिन्न शहरमा हजारौं युवाले प्रदर्शन गरिरहेका छन् । प्रारम्भमा शान्तिपूर्ण देखिएको आन्दोलन अहिले उग्र बन्दै गएपछि राजधानी मात्र नभई देशभरको अवस्था तनावग्रस्त बनेको छ ।

Related News