आँखुखोला जलविद्युतले अवितरित हकप्रद सेयरको लिलामी बिक्री असोज ११ गतेदेखि खुल्ला गरेको छ। यसअघि कम्पनीले १:१.५० को अनुपातमा १५० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता हकप्रद सेयर साउन २७ देखि भदौ १६ गतेसम्म निष्कासन गरेको थियो। यसमा १ करोड २ लाख ४९ हजार ७ सय ५२ कित्ताको लागि मात्र आवेदन परेकोले बाँकी रहेका १७ लाख ५० हजार २ सय ४८ कित्ता सेयर लिलामीमा आएको हो।
लिलामी बिक्री मिति: असोज ११ देखि असोज २० गतेसम्म
बिक्री प्रबन्धक: नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड
आवेदन दिने स्थान:
काठमाडौं भित्र: नबिल इन्भेष्टमेन्टको नक्साल स्थित कार्यलय
काठमाडौं बाहिर: नबिल बैंकका विर्तामोड, विरगंज, हेटौडा, जावलाखेल, लेकसाइड पोखरा, नेपालगंज, बराहताल सुर्खेत, र धनगढी शाखाहरू
आवेदनको प्रक्रिया:
न्यूनतम आवेदन: १०० कित्ता
अधिकतम आवेदन: बाँकी सबै सेयर कित्ता
न्यूनतम मूल्य: १०० रुपैयाँ
सेयर बाँडफाँड: सबैभन्दा बढी मूल्य कबुल गर्नेलाई प्राथमिकता दिइनेछ
आँखुखोला जलविद्युतको यस लिलामीमा इच्छुक लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ प्रति कित्ता मूल्य कबुल गरेर आवेदन दिनुपर्नेछ। सबैभन्दा उच्च मूल्य कबुल गर्नेले सेयर पाउनेछन्। यो लिलामी असोज २० गतेसम्म खुला रहनेछ।





