
समस्याग्रस्त सहकारीका ठूला ऋणी सार्वजनिक गर्न थालियो, ऋण नतिरे कानुनी कारबाही हुने चेतावनीAuthorities Begin Publishing Names of Major Defaulters of Troubled Cooperatives
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । सहकारी क्षेत्रको बढ्दो संकटबीच बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई तीव्र बनाउन समितिले बुधबार पहिलो चरणमा १० वटा सहकारी संस्थासँग सम्बन्धित ठूला ऋणीहरूको विवरण सार्वजनिक गरेको हो ।
समितिका अनुसार समस्याग्रस्त घोषित सहकारी संस्थाबाट ठूलो रकम ऋण लिएर लामो समयदेखि भुक्तानी नगर्ने व्यक्ति तथा संस्थाहरूको नाम क्रमशः सार्वजनिक गरिनेछ । समितिले जारी गरेको सूचनामा सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी बक्यौता ऋण चुक्ता गर्न आग्रह गरिएको छ ।
समितिले तोकिएको समयभित्र सम्पर्क नगरे वा ऋण भुक्तानी प्रक्रिया अघि नबढाए कानुनअनुसार असुलउपर तथा थप कारबाही प्रक्रिया अगाडि बढाइने स्पष्ट चेतावनी दिएको छ ।
यससँगै समितिले अन्य ऋणीहरूको नामावली पनि क्रमिक रूपमा सार्वजनिक गरिने जनाएको छ । सार्वजनिक सूचना मार्फत समितिले समस्याग्रस्त सहकारीका सबै ऋणीहरूलाई ढिलाइ नगरी कार्यालयमा सम्पर्क गर्न र दायित्व भुक्तानी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।
बुधबार सार्वजनिक गरिएको सूचीमा घेदुङ बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था, तुलसी बहुउद्देश्यीय सहकारी संस्था, नेपाल वित्तीय सहकारी संस्था, ओरियन्टल कोअपरेटिभ सहकारी, गौतमश्री सहकारी संस्था तथा नेपाल सहकारी वित्तीय संस्थाका ठूला ऋणीहरू समावेश रहेका छन् ।
पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको वित्तीय संकट, बचतकर्ताको रकम फिर्तामा भएको ढिलाइ तथा व्यवस्थापन कमजोरीका कारण सरकारमाथि दबाब बढिरहेका बेला समितिले ठूला ऋणीको नाम सार्वजनिक गर्ने कदमलाई कडाइका रूपमा हेरिएको छ । सहकारीमा अड्किएको रकम उठाउन र बचतकर्ताको विश्वास पुनःस्थापित गर्न यस्तो प्रक्रिया प्रभावकारी हुनसक्ने सरोकारवालाहरूको भनाइ छ ।
Kathmandu — The Problematic Cooperative Management Committee has started publicly disclosing the names of major loan defaulters linked to cooperatives declared problematic by the government. The move comes amid growing pressure to recover depositors’ money and address the deepening crisis in Nepal’s cooperative sector.
On Wednesday, the committee released the names of major borrowers associated with 10 troubled cooperatives. Officials said the names of large defaulters from other problematic cooperatives will also be published gradually in the coming days.
Issuing a public notice, the committee urged concerned borrowers to immediately contact its office and settle their outstanding loans. It warned that legal recovery procedures and further action would be initiated against those failing to comply within the stipulated period.
The committee has also requested other borrowers linked to problematic cooperatives to proactively contact the office and begin repayment procedures before their names are publicly disclosed.
The cooperatives whose major defaulters were made public on Wednesday include Ghedung Multipurpose Cooperative, Hamro Sagarmatha Multipurpose Cooperative, Tapai Hamro Multipurpose Cooperative, Nagarik Kalyan Multipurpose Cooperative, Ideal Yamuna Multipurpose Cooperative, Tulsi Multipurpose Cooperative, Nepal Financial Cooperative, Oriental Cooperative, Gautam Shree Cooperative, and Nepal Cooperative Financial Institution.
Nepal’s cooperative sector has been facing a prolonged financial crisis, with thousands of depositors struggling to recover their savings from failed institutions. The government’s latest move to publicly identify large borrowers is being viewed as an attempt to increase pressure on defaulters and accelerate the recovery of funds trapped in troubled cooperatives.




