·
बेलुन पड्कीएर आगलागी : अर्थमन्त्री पौडेल घाइते, उपचारका लागि काठमाडौं ल्याइयो
Author
Nepse trading

पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष’ उद्घाटन समारोहका क्रममा बेलुन विस्फोट हुँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र मेयर धनराज आचार्य घाइते भएका छन्। दुर्घटनापछि उनीहरूलाई प्राथमिक उपचार गरी हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। पौडेलको गण्डकी मेडिकल कलेज र आचार्यको फिस्टेल अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। पछि दुबैलाई कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।