
बन्दीपुर केवल कार एन्ड टुरिजम लिमिटेड को घाटा बढ्यो, सञ्चालन आम्दानीमा गिरावटBandipur Cable Car and Tourism Limited Reports Higher Loss Amid Decline in Operating Income
बन्दीपुर केवल कार एन्ड टुरिजम लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार सञ्चालन आम्दानीमा उल्लेख्य गिरावट आएपछि कम्पनीको घाटा थप बढेको छ । चैत मसान्तसम्म कम्पनीले सञ्चालनबाट १ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको २ करोड २६ लाख रुपैयाँको तुलनामा धेरै कम हो। आम्दानी घट्दा कम्पनीको खुद नोक्सानी बढेर १ करोड ६२ लाख रुपैयाँ पुगेको छ, जबकि गत वर्ष यही अवधिमा यस्तो नोक्सानी १ करोड २४ लाख रुपैयाँ रहेको थियो। कम्पनीको कुल खर्च २ करोड ४८ लाख रुपैयाँ पुगेको छ, जसमा कर्मचारी, प्रशासनिक तथा ह्रासकट्टी खर्चको हिस्सा उल्लेख्य रहेको छ।
कम्पनीले पूर्वाधार निर्माणमा ठूलो लगानी गरिरहेको देखिएको छ । कम्पनीको कुल गैर–चालु सम्पत्ति ३ अर्ब २८ करोड रुपैयाँ पुगेको छ, जसमा १ अर्ब ५२ करोड रुपैयाँ निर्माणाधीन पूँजीगत कार्यमा लगानी गरिएको छ। यसले होटल तथा अन्य पर्यटन संरचनाहरू निर्माणकै चरणमा रहेको संकेत गर्छ। कम्पनीको चुक्ता पूँजी २ अर्ब ८२ करोड रुपैयाँ रहेको भए पनि निरन्तर घाटाका कारण जगेडा कोष २२ करोड ९३ लाख रुपैयाँ ऋणात्मक बनेको छ। यद्यपि, कम्पनीको नगद मौज्दातमा सुधार देखिएको छ र चैत मसान्तसम्म ६ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।
Bandipur Cable Car and Tourism Limited has published its unaudited financial report for the third quarter of the current fiscal year. According to the report, the company’s loss widened due to a significant decline in operating income. By the end of Chaitra, the company generated operating revenue of NPR 11.6 million, down sharply from NPR 22.6 million recorded during the same period last fiscal year. As revenue declined, the company’s net loss increased to NPR 16.2 million, compared to a loss of NPR 12.4 million in the corresponding period of the previous year. Total expenses stood at NPR 24.8 million, with employee expenses, administrative costs, and depreciation accounting for a major portion.
The financial report also highlights the company’s continued focus on infrastructure investment. The company’s total non-current assets reached NPR 3.28 billion, including NPR 1.52 billion invested in capital work in progress, indicating that hotel and other tourism-related infrastructures are still under construction. The company’s paid-up capital stands at NPR 2.82 billion, while retained earnings remain negative at NPR 229.3 million due to continuous losses. However, the company’s liquidity position has improved, with cash reserves increasing to NPR 64.7 million by the end of the third quarter.




