NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Bandipur Hotel to Operate Under Lemon Tree Brand Following 15-Year Franchise Agreement
    बन्दीपुर होटल लेमन ट्री ब्रान्डअन्तर्गत सञ्चालन हुने, १५ वर्षे फ्रेन्चाइजी सम्झौता
    Investor
    1 min read
    Published on December 16, 2025
    Marketminds Investment Group

    बन्दीपुर होटल लेमन ट्री ब्रान्डअन्तर्गत सञ्चालन हुने, १५ वर्षे फ्रेन्चाइजी सम्झौताBandipur Hotel to Operate Under Lemon Tree Brand Following 15-Year Franchise Agreement

    काठमाडौं । बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेड र भारतको अग्रणी अन्तर्राष्ट्रिय होटल शृङ्खला लेमन ट्री होटल्स लिमिटेडबीच होटल सञ्चालनका लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि बन्दीपुरस्थित होटल लेमन ट्री होटल्सको अन्तर्राष्ट्रिय ब्रान्डअन्तर्गत सञ्चालनमा आउने भएको छ ।

    सम्झौतामा हस्ताक्षर समारोह भारतको नयाँ दिल्लीस्थित लेमन ट्री होटल्स लिमिटेडको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेडका तर्फबाट चिफ अथराइज्ड कन्सल्टेन्ट विष्णु पन्थी र लेमन ट्री होटल्स लिमिटेडका तर्फबाट मुख्य कार्यकारी अधिकृत विलास पवारले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    सम्झौताअनुसार होटलको समग्र व्यवस्थापन, ब्रान्डिङ, अन्तर्राष्ट्रिय बजारीकरण, सेवा गुणस्तर नियन्त्रण, मानव संसाधन विकास तथा विश्वव्यापी आरक्षण प्रणालीमा पहुँच लेमन ट्री होटल्समार्फत सुनिश्चित गरिनेछ । यस सहकार्यले बन्दीपुरलाई अन्तर्राष्ट्रिय पर्यटक गन्तव्यका रूपमा थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

    भारत, मध्यपूर्व र एसियाका विभिन्न मुलुकमा १०० भन्दा बढी होटल र ९ हजारभन्दा बढी कोठासहितको उपस्थिति रहेको लेमन ट्री होटल्सको वैश्विक नेटवर्क, कर्पोरेट ट्राभल सेग्मेन्ट तथा अन्तर्राष्ट्रिय टुर अपरेटरहरूसँगको सहकार्यले बन्दीपुरको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

    कम्पनीका अनुसार यो सहकार्य बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेडका लागि महत्वपूर्ण रणनीतिक उपलब्धि हो । अन्तर्राष्ट्रिय ब्रान्डसँगको साझेदारीले होटलको अकुपेन्सी दर बढाउने, विदेशी मुद्रा आर्जनमा वृद्धि गर्ने, राजस्व स्थायित्व कायम गर्ने र कम्पनीको ब्रान्ड मूल्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । यसले लगानीकर्ताको विश्वास मजबुत बनाउने र बजारमा कम्पनीको विश्वसनीयता थप सुदृढ गर्ने बताइएको छ ।

    सम्झौतापछि बन्दीपुर क्षेत्रमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन बढ्ने, स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुने तथा सेवा गुणस्तर र पर्यटन पूर्वाधारमा सुधार आउने अनुमान गरिएको छ । बन्दीपुरस्थित होटल छिट्टै लेमन ट्री होटल्सको ब्रान्ड नाम र अन्तर्राष्ट्रिय मापदण्डअनुसार औपचारिक रूपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

    Kathmandu — Bandipur Cable Car and Tourism Limited has signed a 15-year franchise and management agreement with India’s leading international hotel chain, Lemon Tree Hotels Limited, to operate its hotel in Bandipur under the Lemon Tree brand.

    Following the agreement, the Bandipur-based hotel will be operated under Lemon Tree Hotels’ international branding, marking a significant step toward positioning Bandipur as a global tourism destination.

    The signing ceremony was held at Lemon Tree Hotels Limited’s corporate headquarters in New Delhi. The agreement was signed on behalf of Bandipur Cable Car and Tourism Limited by Chief Authorized Consultant Bishnu Panthi, while Lemon Tree Hotels Limited was represented by its Chief Executive Officer, Vilas Pawar.

    Under the agreement, Lemon Tree Hotels will oversee hotel management, branding, international marketing, service quality control, human resource development, and provide access to its global reservation system. The partnership is expected to strengthen Bandipur’s appeal to international tourists.

    With a global footprint of more than 100 hotels and over 9,000 rooms across India, the Middle East, and other Asian countries, Lemon Tree Hotels’ extensive network, strong presence in the corporate travel segment, and collaboration with international tour operators are expected to elevate Bandipur’s tourism profile.

    According to the company, the partnership represents a major strategic milestone for Bandipur Cable Car and Tourism Limited. Collaboration with an international brand is expected to increase hotel occupancy rates, boost foreign currency earnings, ensure revenue stability, and have a long-term positive impact on the company’s brand value. The company also stated that the agreement would strengthen investor confidence and enhance market credibility.

    The agreement is expected to lead to increased international tourist arrivals in the Bandipur region, create local employment opportunities, and improve service quality and tourism infrastructure. The hotel in Bandipur will soon begin formal operations under the Lemon Tree Hotels brand in line with international standards, the company said.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026