NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Bank Deposits Hit All-Time High, But Credit Growth Remains Sluggish
    बैंक तथा वित्तीय संस्थाको निक्षेप ६९ खर्ब नाघ्यो, कर्जाको विस्तार भने सुस्त
    Investor
    1 min read
    Published on May 28, 2025
    NEPSE trading

    बैंक तथा वित्तीय संस्थाको निक्षेप ६९ खर्ब नाघ्यो, कर्जाको विस्तार भने सुस्तBank Deposits Hit All-Time High, But Credit Growth Remains Sluggish

    नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा हाल उच्च मात्रामा निक्षेप संकलन भए पनि सोही अनुपातमा कर्जा प्रवाह हुन नसकेको देखिएको छ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू समेट्दा देशभर कुल निक्षेप रकम ६९ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च निक्षेप स्तर हो।

    तर, सोही अवधिसम्म कुल कर्जा लगानी ५५ खर्ब ३७ अर्ब रुपैयाँमा सीमित छ। अर्थात्, निक्षेपमा तीव्र वृद्धि भए पनि कर्जा प्रवाह अपेक्षाकृत कम भइरहेको छ।

    विस्तृत रूपमा हेर्दा, वाणिज्य बैंकहरूले मात्रै ६१ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने अन्य विकास बैंक तथा फाइनान्सहरूले बाँकी ७ खर्ब ३५ अर्ब बराबरको निक्षेप भित्र्याएका छन्। कर्जातर्फ वाणिज्य बैंकको लगानी ४९ खर्ब १९ अर्ब रहेको छ भने अन्य संस्थाहरूको कर्जा प्रवाह ६ खर्ब १८ अर्बमा सीमित छ।

    राष्ट्र बैंकका अनुसार, बैंकहरूले हालसम्म निक्षेपको ७८.९७ प्रतिशत मात्र कर्जामा प्रयोग गरेका छन्। विद्यमान नियमन अनुसार, बैंकहरू निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न सक्ने व्यवस्था छ। यस अर्थमा, हाल करिब ६ खर्ब ८३ अर्ब रुपैयाँ बराबरको रकम लगानीयोग्य अवस्थामा बैंकहरूसँग उपलब्ध छ।

    वित्तीय प्रणालीमा प्रशस्त तरलता भए पनि कर्जा विस्तारको गति सुस्त हुनु बजारमा लगानीको माग कमजोर भएको संकेतको रूपमा लिइएको छ। यस्तो अवस्थाले समग्र अर्थतन्त्रको गतिको बहस पनि पुनः ताजा बनाएको छ।

    Nepal's banking system has witnessed a record surge in deposits, but loan disbursement has failed to keep pace, indicating a slowdown in credit demand across the economy.

    According to the latest data released by Nepal Rastra Bank, total deposits collected by commercial banks, development banks, and finance companies have reached NPR 6.91 trillion. This marks the highest deposit figure ever recorded in the country’s financial sector.

    Despite this surge in liquidity, total credit investment stands at just NPR 5.537 trillion. In simple terms, while deposits have grown significantly, banks are struggling to channel those funds into loans.

    A closer look shows that commercial banks alone hold NPR 6.175 trillion in deposits, while other financial institutions account for the remaining NPR 735 billion. On the lending side, commercial banks have disbursed NPR 4.919 trillion, and the rest has come from other institutions.

    Currently, the credit-to-deposit (CD) ratio sits at 78.97%, well below the regulatory threshold of 90%. This means banks still have around NPR 683 billion in investable funds that are yet to be deployed.

    The data paints a clear picture — despite having ample liquidity, banks are finding limited opportunities or demand for lending. This reflects a broader concern about slowed investment momentum and economic activity.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026