NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Bankers Demand Flexible Loan Classification Policy and Permission for Share Trading
    मौद्रिक नीतिमा बैंकर्स संघको सुझाव: शेयर ट्रेडिङ र तरलता व्यवस्थापनमा सुधारको माग
    Investor
    1 min read
    Published on June 24, 2025
    NEPSE TRADING

    मौद्रिक नीतिमा बैंकर्स संघको सुझाव: शेयर ट्रेडिङ र तरलता व्यवस्थापनमा सुधारको मागBankers Demand Flexible Loan Classification Policy and Permission for Share Trading

    बैंकर्स संघले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति निर्माणको सन्दर्भमा नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझावहरू प्रस्तुत गरेको छ। संघले हालको कर्जा नोक्सानी व्यवस्था तथा कर्जाको वर्गीकरण प्रणालीमा लचिलो नीति अपनाउनुपर्ने आवश्यकता औंल्याउँदै नियामकीय संरचनामा सुधार गर्न माग गरेको हो।

    संघले दुई वर्षसम्म भाखा नघेको कर्जालाई मात्र खराब कर्जा (एनपीए) मा वर्गीकृत गर्नुपर्ने र त्यसपछि मात्रै १०० प्रतिशत कर्जा नोक्सानी व्यवस्था (लोन लस प्रोभिजन) गर्नुपर्ने व्यवस्था ल्याउन सुझाव दिएको छ।

    त्यस्तै, संघले वाणिज्य बैंकलाई सर्ट टर्म सेयर ट्रेडिङ गर्न अनुमति दिन माग गरेको छ। हाल सूचीकृत कम्पनीहरूको सेयर तथा डिबेन्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने नियमलाई संशोधन गरी समयको सीमा हटाउनुपर्ने उनीहरूको माग छ।

    बैंकले जारी गरेका डिबेन्चरहरूको लागि क्यापिटल रिडेम्सन रिजर्भ अनिवार्य नराखी, सो बराबरको बोनस सेयर दिन सक्ने सुविधा दिनुपर्ने मागसमेत गरिएको छ। यसले पुँजी पर्याप्तताको व्यवस्थापन सहज बनाउने उनीहरूको भनाइ छ।

    तरलताको सन्तुलनका लागि हाल हप्तामा ३ दिन मात्र प्रदान हुँदै आएको स्थायी निक्षेप सुविधा (Standing Liquidity Facility - SLF) लाई सातै दिन खुला गर्नुपर्ने संघको सिफारिस छ। सार्वजनिक बिदालाई समेत ध्यानमा राखी SLF लाई दैनिक रुपमा उपलब्ध गराउनुपर्ने माग गरिएको छ।

    अन्त्यमा, निष्क्रिय कर्जाको बढ्दो अवस्थालाई दृष्टिगत गर्दै, बैंकहरुले ऋणीको वित्तीय पुनरुत्थानका लागि 'स्ट्रसेस्ड लोन रिसोल्युसन फ्रेमवर्क' तयार पार्नुपर्ने माग राखेका छन्। आर्थिक मन्दी, विपद् वा अन्य संकटको समयमा समस्यामा परेका ऋणीहरुको कर्जा पुनरसंरचना तथा व्यवस्थापन गर्न यस्तो ढाँचाले सहयोग पुर्‍याउने विश्वास संघले व्यक्त गरेको छ।

    The Bankers' Association has submitted a set of recommendations to Nepal Rastra Bank for the upcoming monetary policy of fiscal year 2082/83 (2025/26). The association has urged the central bank to adopt a more flexible approach to loan classification and loss provisioning.

    They have recommended that loans should only be classified as non-performing assets (NPAs) if they remain unpaid for more than two years past maturity. Only after this period should banks be required to provision 100% of the loan as a loss.

    In addition, the association has demanded that banks be allowed to engage in short-term share trading. Currently, banks are only permitted to invest in shares and debentures of listed companies if the investment period exceeds one year. The bankers are calling for the removal of this minimum holding period.

    The association has also suggested that banks issuing debentures should not be required to create a Capital Redemption Reserve. Instead, they should be allowed to issue bonus shares equivalent to the required reserve amount to manage capital adequacy.

    Regarding liquidity management, the association has called for the Standing Liquidity Facility (SLF), which is currently available only three days a week, to be made accessible on all seven days. This would help ensure smoother liquidity operations, particularly during public holidays.

    Finally, given the deteriorating asset quality and rising non-performing loans in the banking sector, the association has called for the introduction of a "Stressed Loan Resolution Framework." This framework would provide banks and financial institutions with clear procedures for loan restructuring and recovery, especially in cases where borrowers are impacted by economic downturns, natural disasters, or other special circumstances.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026