NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Banks Accelerate Dividend Distribution, Most Commercial Banks Cut Payouts
    बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश वितरण गर्दै, अधिकांश वाणिज्य बैंकको लाभांश घट्यो
    Investor
    2 min read
    Published on December 16, 2025
    NEPSE TRADING

    बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश वितरण गर्दै, अधिकांश वाणिज्य बैंकको लाभांश घट्योBanks Accelerate Dividend Distribution, Most Commercial Banks Cut Payouts

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको नाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरणको प्रक्रिया तीव्र बनाएका छन् । केही बैंकले घोषणा गरेको लाभांश वार्षिक साधारण सभाबाट पारित गरिसकेका छन् भने केहीले अझै लाभांश घोषणा गर्न बाँकी छ ।

    हालसम्म २० वटा वाणिज्य बैंकमध्ये १३ वटाले लाभांश घोषणा गरिसकेका छन् । यस्तै, ८ वटा विकास बैंकले पनि शेयरधनीलाई लाभांश दिने निर्णय सार्वजनिक गरेका छन् । तर वाणिज्य बैंकहरूको लाभांश अघिल्लो वर्षको तुलनामा प्रायः सबैको घटेको देखिएको छ ।

    बैंकहरूले निक्षेप संकलन, कर्जा प्रवाह तथा अन्य वित्तीय सेवाबाट आर्जन गरेको मुनाफाको एक हिस्सा नियमानुसार शेयरधनीलाई लाभांशका रूपमा वितरण गर्नुपर्ने व्यवस्था छ । हालसम्म लाभांश घोषणा गर्ने बैंकहरूमध्ये सबैभन्दा बढी लाभांश दिनेमा एभरेष्ट बैंक अग्रस्थानमा रहेको छ भने सबैभन्दा कम लाभांश दिनेमा सिटिजन्स बैंक रहेको छ । कुमारी बैंकले भने यस वर्ष लाभांश नदिने निर्णय गरेको छ ।

    कुन बैंकले कति दिए लाभांश ?

    एभरेष्ट बैंक
    एभरेष्ट बैंकले हालसम्म सबैभन्दा बढी २० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश साधारण सभाबाट पारित गरिसकेको छ ।

    स्ट्यान्डर्ड चार्टर्ड बैंक
    स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको उक्त प्रस्ताव वार्षिक साधारण सभाबाट पारित भइसकेको छ ।

    कृषि विकास बैंक
    कृषि विकास बैंकले कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । यसमा ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश समावेश छ । उक्त प्रस्ताव साधारण सभाबाट पारित गरिनेछ ।

    सिद्धार्थ बैंक
    सिद्धार्थ बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश गरी उक्त प्रस्ताव साधारण सभाबाट पारित गरिसकेको छ ।

    एनएमबि बैंक
    एनएमबि बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकले ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने जनाएको छ ।

    लक्ष्मी सनराइज बैंक
    लक्ष्मी सनराइज बैंकले कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । यसमा १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश समावेश छ । बैंकले लाभांश पारित गर्न पुस १ गते साधारण सभा बोलाएको छ ।

    नेपाल एसबिआई बैंक
    नेपाल एसबिआई बैंकले ९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    माछापुच्छ्रे बैंक
    माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव असोज १४ गते सम्पन्न साधारण सभाबाट पारित गरिसकेको छ ।

    ग्लोबल आइएमई बैंक
    ग्लोबल आइएमई बैंकले बोनस सेयर नदिई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव कार्तिक २६ गते सम्पन्न साधारण सभाबाट पारित गरिसकेको छ ।

    सानिमा बैंक
    सानिमा बैंकले ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले यस वर्ष बोनस सेयर नदिई नगद लाभांश मात्र दिने भएको हो ।

    सिटिजन्स बैंक
    सिटिजन्स बैंक इन्टरनेसनलले कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभाबाट पारित गरिसकेको छ ।

    अर्थविद्हरूका अनुसार कर्जा विस्तार सुस्त हुनु, बढ्दो खराब कर्जा र कडाइ गरिएको नियामकीय व्यवस्था कारण यस वर्ष बैंकहरूको नाफा दबाबमा परेको छ । यसको असर लाभांश वितरणमा समेत देखिएको उनीहरूको विश्लेषण छ ।

    Kathmandu — Banks and financial institutions have begun distributing dividends to shareholders from the profits earned in the last fiscal year, with many commercial banks either approving or announcing dividend payouts. While several banks have already secured approval from their annual general meetings, others are yet to declare dividends.

    So far, 13 out of 20 commercial banks have announced dividends. In addition, eight development banks have also declared dividend payouts. However, compared to the previous year, dividend rates of most commercial banks have declined, reflecting pressure on profitability.

    Under regulatory provisions, banks are required to distribute a portion of their profits earned through deposit mobilization, lending, and other financial services to shareholders in the form of dividends. Among the banks that have announced dividends so far, Everest Bank has offered the highest payout, while Citizens Bank has announced the lowest. Kumari Bank has decided not to distribute any dividend this year.

    Dividend details of major commercial banks

    Everest Bank
    Everest Bank has announced the highest dividend so far, amounting to 20 percent. The bank has already approved a total dividend of 6 percent bonus shares and 14 percent cash dividend from its profit for fiscal year 2021/22.

    Standard Chartered Bank
    Standard Chartered Bank has decided to distribute a 19 percent cash dividend from its distributable profit of the last fiscal year. The proposal has already been approved by the bank’s annual general meeting.

    Agricultural Development Bank
    Agricultural Development Bank has announced a total dividend of 13 percent, comprising 3.25 percent bonus shares and 9.75 percent cash dividend. The proposal is yet to be approved by the annual general meeting.

    Siddhartha Bank
    Siddhartha Bank has approved a total dividend of 10.53 percent, consisting of 5 percent bonus shares and 5.53 percent cash dividend from its paid-up capital.

    NMB Bank
    NMB Bank has announced a 10 percent dividend, with an equal split of 5 percent bonus shares and 5 percent cash dividend (including tax).

    Laxmi Sunrise Bank
    Laxmi Sunrise Bank has declared a total dividend of 10.53 percent, including 10 percent bonus shares and 0.53 percent cash dividend. The bank has called its annual general meeting on January 15 to approve the proposal.

    Nepal SBI Bank
    Nepal SBI Bank has announced a total dividend of 9 percent, comprising 4 percent bonus shares and 5 percent cash dividend for tax purposes.

    Machhapuchchhre Bank
    Machhapuchchhre Bank has already approved an 8 percent dividend, including 4 percent bonus shares and 4 percent cash dividend, at its annual general meeting held on October 1.

    Global IME Bank
    Global IME Bank has approved an 8 percent cash dividend with no bonus shares at its annual general meeting held on November 12.

    Sanima Bank
    Sanima Bank has approved a 7.37 percent cash dividend, opting not to issue bonus shares this year.

    Citizens Bank International
    Citizens Bank International has approved a total dividend of 5.26 percent, consisting of 5 percent bonus shares and 0.26 percent cash dividend.

    Bankers and analysts attribute the overall decline in dividend payouts to slower credit growth, rising non-performing loans, and tighter regulatory requirements, which have collectively put pressure on bank earnings during the past fiscal year.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026