NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Banks and Financial Institutions Achieve Over NPR 53 Billion Net Profit in First Ten Month...
    चालु आर्थिक वर्षको दश महिनामा बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब भन्दा धेरै नाफा कमाए
    Investor
    2 min read
    Published on June 12, 2024
    NEPSE trading

    चालु आर्थिक वर्षको दश महिनामा बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब भन्दा धेरै नाफा कमाए Banks and Financial Institutions Achieve Over NPR 53 Billion Net Profit in First Ten Months of Current Fiscal Year

    चालु आर्थिक वर्षको बैंशाख महिनासम्ममा नेपालका बैंक तथा वित्तीय संस्थाहरूले ५३ अर्ब भन्दा धेरै खुद नाफा गरेका छन्। कर्जा असुलीमा कठोर भएका बैंक तथा वित्तीय संस्थाहरूले नाफा समेत बढाउन सफल भएका हुन्।

    चालु आर्थिक वर्षको बैंशाख महिनासम्ममा बैंक तथा वित्तीय संस्थाको खुद नाफा ५३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ, जुन गत चैत महिनाको तुलनामा १९.०८ प्रतिशतले बढी हो। चालु आवको चैतसम्ममा बैंक तथा वित्तीय संस्थाको खुद नाफा ४४ अर्ब ६७ करोड रुपैयाँ थियो।

    पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी भन्दा पनि असुलीमा ध्यान दिए। कोरोना महामारी तथा आर्थिक मन्दीका कारण बढेको कर्जा ‘डिफल्ट’ ले बैंक तथा वित्तीय संस्थालाई कर्जा लगानी बढाउन भन्दा पनि विगतको कर्जा असुली गर्न दबाब पर्यो। कर्जाको डिफल्ट बढेसँगै नोक्सानी व्यवस्थालाइ धेरै रकम छुट्याउनु पर्यो, जसले गर्दा बैंकहरुको नाफामा असर पर्‍यो।

    त्यसैगरी, नयाँ कर्जा लगानी बढ्न नसक्दा बैंकहरूको आम्दानीमा पनि असर गर्‍यो, जसले गर्दा नाफा निरन्तर घट्दो क्रममा थियो। विगतमा गरिएको अधिक कर्जा लगानीका कारण पुँजीकोषमा परेको दबाबले पनि बैंकहरूलाई कर्जा थप विस्तार गर्न असहज भएको थियो। त्यसपछि बैंकहरूले पुरानो कर्जा घटाउने, कर्जा नोक्सानी फिर्ता लिने, डिफल्ट कर्जालाई असुली गर्ने क्रमलाई बढाएपछि बैंशाख महिनाको नाफामा केही सुधार आएको हो।

    बैंशाख महिनामा बैंकहरूको नाफा चैतको तुलनामा बढेको भए पनि गत आवको सोही अवधिको तुलनामा १५.०३ प्रतिशतले घटेको छ। गत आवको बैंशाखसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले ६२ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेका थिए।

    चालु आवको बैंशाखसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको जोखिम व्यवस्थापनबाट फिर्ता रकम, ब्याज आम्दानी, विदेशी विनिमयको कारोबारबाट हुने आम्दानी लगायतका आम्दानीमा सुधार आएको छ। सो अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा नोक्सानी व्यवस्थापनबाट फिर्ता गरेको रकम मात्रै ३२ अर्ब ६२ करोड रुपैयाँ रहेको छ। गत आवको सोही अवधिमा यस्तो फिर्ता रकम १७ अर्ब २३ करोड रुपैयाँ मात्रै थियो।

    चालु आवको बैंशाखसम्ममा वाणिज्य बैंकहरूको खुद नाफा ४८ अर्ब ६० करोड रुपैयाँ रहेको छ, जुन गत चैतको तुलनामा १९.४८ प्रतिशतले बढी हो। गत चैतमा वाणिज्य बैंकहरूको खुद नाफा ४० अर्ब ६८ करोड रुपैयाँ थियो। वाणिज्य बैंकहरूको नाफा चैतको तुलनामा बैंशाखमा बढेको भए पनि गत आवको सोही अवधिसँग तुलना गर्दा घटेको छ। गत आवको बैंशाखमा वाणिज्य बैंकहरूको खुद नाफा ५७ अर्ब १६ करोड रुपैयाँ थियो।

    त्यसैगरी चालु आवको बैंशाखसम्ममा विकास बैंकहरूको खुद नाफा ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ, जुन गत चैतको तुलनामा १४.१ प्रतिशतले बढी हो। गत चैतमा विकास बैंकहरूको खुद नाफा ३ अर्ब ६५ करोड थियो। विकास बैंकहरूको नाफा पनि चैतको तुलनामा बैंशाखमा बढेको भए पनि गत आवको सोही अवधिलाई हेर्दा घटेको छ। गत आवको बैंशाखमा विकास बैंकहरूले ४ अर्ब २९ करोड रुपैयाँ खुद नाफा गरेका थिए।

    चालु आवको बैंशाखसम्ममा फाइनान्स कम्पनीहरूको खुद नाफा ४१ करोड ५० लाख रुपैयाँ छ, जुन गत चैतको तुलनामा २४.९९ प्रतिशतले बढी हो। गत चैतमा फाइनान्स कम्पनीहरूको खुद नाफा ३३ करोड २० लाख रुपैयाँ थियो। फाइनान्सहरूको बैंशाखसम्मको खुद नाफा गत आवको सोही अवधिको तुलनामा भने घटेको छ। गत आवको बैंशाखमा फाइनान्स कम्पनीहरूको खुद नाफा १ अर्ब १४ करोड रुपैयाँ थियो।

    विश्लेषण:

    यो तथ्यांकले बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीमा ध्यान दिएको देखाउँछ, जसले गर्दा नाफा बढाउन मद्दत गरेको छ। कोरोना महामारी र आर्थिक मन्दीका कारण कर्जा डिफल्ट बढेपछि बैंकहरूले पुरानो कर्जा असुलीमा ध्यान दिएका थिए।

    यो प्रक्रिया सफल भएको देखिन्छ किनकि बैंशाखमा नाफा चैतको तुलनामा बढेको छ। तर, गत वर्षको सोही अवधिको तुलनामा नाफा अझै घटिरहेको छ, जसले गर्दा अझै सुधारको आवश्यकता देखाउँछ।

    बैंकहरूले जोखिम व्यवस्थापनमा सुधार गर्दै कर्जा असुलीलाई प्राथमिकता दिएका छन्, जसले गर्दा वर्तमान आर्थिक अवस्था सम्हाल्न मद्दत गरेको छ। अब बैंकहरूले नयाँ कर्जा लगानीमा पनि ध्यान दिनुपर्छ, ताकि दीर्घकालीन स्थायित्व र नाफा सुनिश्चित गर्न सकियोस्।

    Banks and financial institutions in Nepal have recorded a net profit of over NPR 53 billion in the first ten months of the current fiscal year, up to the month of Baisakh. This increase in profit is attributed to their stringent loan recovery efforts.

    As of Baisakh, the net profit of banks and financial institutions stands at NPR 53.19 billion, reflecting a 19.08% increase compared to the previous month of Chaitra. In Chaitra, the net profit was NPR 44.67 billion.

    In recent times, banks and financial institutions have focused more on loan recovery rather than loan disbursement. The surge in loan defaults due to the COVID-19 pandemic and economic slowdown pressured these institutions to prioritize recovering existing loans over extending new ones. The increase in loan defaults necessitated setting aside significant amounts for loss provisioning, impacting the profitability of banks.

    Additionally, the inability to increase new loan investments further affected the income of banks, leading to a continuous decline in profits. The pressure on the capital fund from past high loan investments also made it challenging for banks to expand credit further. As a result, banks intensified efforts to reduce old loans, recover non-performing loans, and collect defaulted loans, leading to some improvement in net profit by Baisakh.

    Despite the increase in profits in Baisakh compared to Chaitra, the profit is still 15.03% lower than the same period in the previous fiscal year. By Baisakh of the previous fiscal year, banks and financial institutions had achieved a net profit of NPR 62.60 billion.

    Up to Baisakh of the current fiscal year, banks and financial institutions have seen improvements in income from risk management returns, interest income, and foreign exchange transactions. By this period, the amount recovered from loan loss provisions alone is NPR 32.62 billion, compared to NPR 17.23 billion in the same period of the previous fiscal year.

    Interpretation:

    The focus on loan recovery has been crucial for banks and financial institutions in managing their profitability amidst challenging economic conditions. The significant increase in loan defaults due to the pandemic and economic downturn forced banks to shift their strategies towards recovering past loans rather than issuing new ones.

    The recovery efforts have started to show positive results, with a notable increase in net profits by Baisakh. However, the overall profit is still lower compared to the previous fiscal year, indicating that there is still room for improvement. The reduced pressure on capital funds and the recovery of non-performing loans have contributed to the financial health of banks.

    For investors and stakeholders, the current scenario highlights the importance of effective risk management and the need for strategic planning to navigate through economic uncertainties. The banks' ability to adapt their strategies and focus on loan recovery has been instrumental in achieving the current level of profitability.

    Moving forward, banks and financial institutions need to continue their recovery efforts while also exploring opportunities for new loan investments as economic conditions improve. This balanced approach will help ensure sustained profitability and financial stability in the long term.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026