NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Barahi Hydropower’s 10th Annual General Meeting to Be Held on Kartik 20
    बाराही हाइड्रोपावरको दशौं वार्षिक साधारण सभा कात्तिक २० गते
    Investor
    2 min read
    Published on October 13, 2025
    NEPSE TRADING

    बाराही हाइड्रोपावरको दशौं वार्षिक साधारण सभा कात्तिक २० गतेBarahi Hydropower’s 10th Annual General Meeting to Be Held on Kartik 20

    काठमाडौँ — बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आफ्नो दशौं वार्षिक साधारण सभा (AGM) आगामी कात्तिक २० गते, बिहीबारका दिन आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको असोज २६ गते बसेको बैठकले उक्त मिति, स्थान र समय तोकेको हो। कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम सम्पूर्ण शेयरधनीहरूलाई सभामा उपस्थित हुन सूचना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार साधारण सभा भक्तपुरको सूर्यविनायक–८ स्थित डोलेश्वर भिलेज रिसोर्टमा बिहान १२:१५ बजे सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण र लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

    सभामा कम्पनीको आगामी योजनासँग सम्बन्धित विशेष प्रस्ताव पनि पेश गरिनेछ। हकप्रद शेयर जारी गर्दा प्राप्त रकमको उपयोग तथा जारी प्रक्रियामा हुने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने प्रस्ताव सभामा अनुमोदनका लागि पेश गरिनेछ।

    साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ११ गते (एक दिन) शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। यसअघि कात्तिक ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई प्राप्त विवरणको आधारमा दर्ता भएका शेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्। शेयरधनीको हाजिरी पुस्तिका सभा सुरु हुनुभन्दा एक घण्टा अगावै अर्थात् बिहान ११:३० देखि १२:३० बजेसम्म खुला रहनेछ।

    शेयरधनी आफैं उपस्थित हुन नसकेमा प्रतिनिधि (प्रोक्सी) तोकी सभामा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। तर प्रोक्सीका रूपमा शेयरधनी नै हुनुपर्नेछ। गैर–शेयरधनीलाई प्रतिनिधि तोक्न पाइने छैन। कम्पनीले प्रोक्सी फाराम सभा हुनुभन्दा ४८ घण्टा अगावै आफ्नो रजिष्टर्ड कार्यालयमा दर्ता गराउनुपर्ने जानकारी दिएको छ। साथै, इलेक्ट्रोनिक माध्यमबाट पठाइएको प्रोक्सी फाराम पनि मान्य गरिने कम्पनीले स्पष्ट पारेको छ।

    नाबालक शेयरधनीका हकमा लगतमा संरक्षकको रूपमा नाम दर्ता भएको व्यक्ति सभामा भाग लिन वा प्रतिनिधि तोक्न सक्नेछन्। संस्थागत शेयरधनीहरूले भने अख्तियारीपत्रसहितको प्रतिनिधि पठाउनुपर्नेछ। संयुक्त नाममा शेयर रहने अवस्थामा कुनै एक शेयरधनीलाई पत्राचारका लागि तोक्नुपर्ने र पत्र नपाएमा लगतमा पहिलो नाममा उल्लेख भएको व्यक्तिलाई सभामा उपस्थित हुन अनुमति दिइनेछ।

    कम्पनीले सभामा सहभागी हुन आउने शेयरधनीहरूले आफ्नो परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउन अनुरोध गरेको छ। साथै, सभासम्बन्धी थप जानकारीका लागि कम्पनीको कार्यालयमा सम्पर्क गर्न वा वेबसाइट www.barahihydropower.com.np हेर्न सकिने जनाएको छ।

    Kathmandu — Barahi Hydropower Public Limited has announced that its 10th Annual General Meeting (AGM) will be held on Thursday, Kartik 20, 2082 (November 6, 2025). The company’s board meeting held on Ashwin 26, 2082 decided the date, time, and venue for the meeting. As per Section 67 of the Companies Act, 2063, the company has issued a public notice inviting all shareholders to attend the AGM.

    According to the notice, the AGM will take place at Doleswor Village Resort, Suryabinayak–8, Bhaktapur, starting at 12:15 PM. The agenda includes discussion and approval of the Board of Directors’ annual report, balance sheet, profit and loss account, cash flow statement, and the auditor’s report for the fiscal year 2081/82. The meeting will also appoint the auditor for the fiscal year 2082/83 and determine their remuneration.

    A special proposal will also be tabled at the meeting. It authorizes the board of directors to utilize the funds raised through the right share issue and to carry out all necessary procedures related to issuing the right shares.

    For the purpose of the AGM, the company will close its shareholder register on Kartik 11, 2082 (one day). Only those shareholders whose details are recorded with the company registrar based on transactions completed at the Nepal Stock Exchange by Kartik 9, 2082, will be eligible to participate in the AGM. The shareholder attendance book will be open from 11:30 AM to 12:30 PM on the day of the meeting.

    Shareholders may attend the meeting in person or appoint a representative (proxy) if they are unable to attend. However, the proxy must be a shareholder of the company — non-shareholders cannot be appointed as proxies. The proxy form must be submitted to the company’s registered office at least 48 hours before the AGM. The company has also clarified that proxies sent via electronic means will be accepted.

    For minor shareholders, their registered guardians can attend or appoint a proxy on their behalf. Institutional shareholders must send an authorized representative with a formal authorization letter. In the case of jointly held shares, one shareholder’s name must be specified for correspondence, and if no name is specified, the first listed shareholder in the register will be recognized as the representative eligible to attend the meeting.

    The company has requested all shareholders to bring a valid identification document (ID card or citizenship certificate) when attending the meeting. For further information regarding the AGM, shareholders may contact the company office during working hours or visit its official website at www.barahihydropower.com.np.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026