·

वरुण हाइड्रोपावरको अवितरित हकप्रद सेयर लिलामीमा, असोज १२ गतेसम्म आवेदन दिन सकिने

Author

NEPSE TRADING

वरुण हाइड्रोपावरको अवितरित हकप्रद सेयर लिलामीमा, असोज १२ गतेसम्म आवेदन दिन सकिने

वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले भदौ २९ गतेदेखि लिलामी बिक्री प्रक्रिया सुरु गर्ने जनाएको छ।

कम्पनीले यसअघि गत असार ३१ गतेदेखि भदौ ३ गतेसम्म १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो। सो क्रममा बिक्री नभएका २ लाख ३८ हजार ४४३ कित्ता सेयर अब लिलामीमार्फत बिक्रीमा ल्याउन लागिएको हो।

उक्त सेयर खरिदका लागि जो–कोही व्यक्ति, कम्पनी वा संघ–संस्था सहभागी हुन सक्नेछन्। इच्छुकले असोज १२ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न पाउने व्यवस्था गरिएको छ।

लिलामी आवेदन फाराम आरबीबी मर्चेन्ट बैंकिङबाट प्राप्त गर्न सकिनेछ। साथै, राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयहरू — वीरगन्ज, जनकपुर, नारायणगढ, बागलुङ, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौंडा, तुल्सीपुर, महेन्द्रनगर, संखुवासभाको चैनपुर र खाँदबारी तथा धरानमा पनि आवेदन दिन सकिनेछ।

Related News