NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Bhugarbha Cement Targets NPR 1 Billion Capital with Expansion Plan and Modern Rotary Plant
    भूगर्भ सिमेन्ट एक अर्बको कम्पनी बन्ने लक्ष्यमा, आईपीओ कहिले ?
    Investor
    3 min read
    Published on January 4, 2026
    NEPSE TRADING

    भूगर्भ सिमेन्ट एक अर्बको कम्पनी बन्ने लक्ष्यमा, आईपीओ कहिले ?Bhugarbha Cement Targets NPR 1 Billion Capital with Expansion Plan and Modern Rotary Plant

    काठमाडौं । नेपालको अग्रणी सिमेन्ट उत्पादक भूगर्भ सिमेन्ट लिमिटेडले चुक्ता पुँजी वृद्धि गर्दै एक अर्ब रुपैयाँ बराबरको कम्पनी बन्ने तयारी अघि बढाएको छ। कम्पनीले आधुनिक रोटरी (क्लिंकर) प्लान्ट स्थापना गर्ने योजनासहित पुँजी संरचना विस्तारको प्रक्रिया तीव्र पारेको हो।

    कम्पनीको सातौँ वार्षिक साधारणसभा गत पुस १ गते सम्पन्न भएको थियो। सभाले हालको ५० करोड ५० लाख रुपैयाँ चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। सो निर्णयअनुसार कम्पनीले संस्थापक सेयरधनीलाई ३५ दिनको समयावधि राखी हकप्रद सेयर निष्कासन गरिसकेको छ। हकप्रदपछि कम्पनीको चुक्ता पुँजी ८० करोड ८० लाख रुपैयाँ पुग्नेछ।

    कम्पनीका अध्यक्ष नन्दीकेशर पौड्यालका अनुसार हकप्रदपछि कायम पुँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणलाई निष्कासन गरी चुक्ता पुँजी एक अर्ब रुपैयाँ नजिक पुर्‍याउने योजना छ। सर्वसाधारणलाई सेयर जारी भएपछि कम्पनीको कुल पुँजी उल्लेखनीय रूपमा विस्तार हुने उनले जानकारी दिए।

    यसअघि कम्पनीले १२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको १२ लाख ६२ हजार ५०० कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। तर, साधारणसभाबाट ६० प्रतिशत हकप्रद जारी गर्ने निर्णय भएपछि आईपीओ प्रक्रिया केही समय ढिलाइ भएको हो। यद्यपि, आगामी आईपीओको परिमाण बढ्ने कम्पनीले जनाएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

    हकप्रदबाट जुट्ने पुँजी प्रयोग गरी भूगर्भ सिमेन्टले ८०० देखि १,००० टन क्षमताको आधुनिक क्लिंकर उत्पादन गर्ने रोटरी प्लान्ट स्थापना गर्ने योजना बनाएको छ। हाल कम्पनीको क्लिंकर उत्पादन क्षमता ३०० मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता ५०० मेट्रिक टन प्रतिदिन रहेको छ। कम्पनीले आधुनिक ड्राइ–प्रोसेस प्रविधि र प्रदूषण नियन्त्रण प्रणाली अपनाउँदै गुणस्तरीय र दिगो उत्पादनलाई प्राथमिकता दिएको जनाएको छ।

    पश्चिम नेपालमा उच्च रुचि पाएको भूगर्भ सिमेन्टले “गर्भैदेखि बलियो” नारासहित गुणस्तरीय उत्पादन र दीगो औद्योगिक विस्तारमा ध्यान केन्द्रित गर्दै आएको छ। वि.सं. २०७३ मा स्थापना भएको उद्योग २०८० असार ७ गते पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो। कम्पनीको सिमेन्ट कारखाना कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–०६ मा रहेको छ। साथै, ग्लोबल टेन्डरमार्फत अधिग्रहण गरिएको अर्घाखाँची जिल्लाको नरपानी–रखाचीकोट क्षेत्रमा चुनढुङ्गा खानी सञ्चालन भइरहेको छ।

    करिब ८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको उक्त खानीमा १७८.९८ मिलियन मेट्रिक टन चुनढुङ्गाको भौगोलिक संचय रहेको छ, जसमध्ये १६१.०८ मिलियन मेट्रिक टन खानीयोग्य रहेको कम्पनीले जनाएको छ। भूगर्भ सिमेन्टले लुम्बिनी, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा काठमाडौं उपत्यकासम्म बजार विस्तार गरिसकेको छ।

    कम्पनीले ओर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (OPC) र पोर्टल्यान्ड पोजोलाना सिमेन्ट (PPC) आधुनिक प्रविधिबाट उत्पादन गर्दै आएको छ। हाल कम्पनीको दैनिक सिमेन्ट उत्पादन क्षमता १,५०० मेट्रिक टन र क्लिंकर उत्पादन क्षमता ३०० मेट्रिक टन रहेको छ।

    आर्थिक प्रदर्शनतर्फ, भूगर्भ सिमेन्टले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ६६ करोड ९८ लाख रुपैयाँको कारोबार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले वृद्धि हो। सन् २०२५ को पहिलो नौ महिनामै कम्पनीको कारोबार १ अर्ब १३ करोड ५० लाख रुपैयाँ नाघेको छ, जसले बजार माग र प्रभाव दुवैमा उल्लेखनीय वृद्धि देखाएको छ।

    आगामी आर्थिक वर्षभित्र दैनिक उत्पादन क्षमता थप वृद्धि, नयाँ प्राविधिक उन्नयन, तथा गुणस्तर परीक्षण प्रणाली सुदृढ गर्दै ग्राहक सन्तुष्टि अझ मजबुत बनाउने लक्ष्य कम्पनीले लिएको छ। वातावरणमैत्री उत्पादन, स्थानीय रोजगारी सिर्जना, सुरक्षित कार्य वातावरण र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै भूगर्भ सिमेन्ट दीगो औद्योगिक विकासतर्फ अग्रसर रहेको कम्पनीले जनाएको छ।

    Kathmandu — Nepal’s leading cement producer Bhugarbha Cement Limited is moving toward becoming a NPR 1 billion paid-up capital company, as it advances plans to install a modern rotary clinker plant and significantly expand production capacity.

    The company’s Seventh Annual General Meeting (AGM), held on Poush 1, approved a proposal to issue 60 percent right shares based on the existing paid-up capital of NPR 505 million. In line with the AGM decision, Bhugarbha Cement has issued right shares to its promoter shareholders with a 35-day subscription period. Following the rights issue, the company’s paid-up capital will increase to NPR 808 million.

    According to Chairman Nandikeshar Poudyal, the company plans to further issue 20 percent ordinary shares to the general public after the completion of the rights offering. “Once the public issue is completed, the company’s paid-up capital will reach close to NPR 1 billion,” he stated.

    IPO Plans and Capital Expansion

    Earlier, Bhugarbha Cement had applied to the Securities Board of Nepal for approval to issue an Initial Public Offering (IPO) worth NPR 126.25 million, equivalent to 1.2625 million shares. However, following the AGM’s decision to issue right shares first, the IPO process experienced a delay. The company has clarified that the IPO size will be increased after the completion of the rights issue.

    The issue and sales manager for the company’s securities offerings is Nabil Investment Banking Limited.

    Investment in Modern Rotary Plant

    Funds raised through the rights issue will be used to establish a modern rotary clinker production plant with a capacity of 800–1,000 tons per day. Currently, Bhugarbha Cement operates with a clinker production capacity of 300 metric tons per day and a cement production capacity of 500 metric tons per day.

    The company has adopted advanced dry-process technology along with environmental pollution control systems, aiming to ensure sustainable, energy-efficient, and high-quality cement production.

    Strong Market Presence and Resource Base

    Established in 2073 BS (2016 AD), Bhugarbha Cement was converted into a public company on Ashar 7, 2080 (June 2023). The company’s cement manufacturing plant is located in Shivaraj Municipality–06, Kapilvastu district. In addition, Bhugarbha Cement operates a limestone mine in Narpani–Rakhachikot, Arghakhanchi district, acquired through a global tender process.

    The limestone mine covers approximately 8 square kilometers and contains an estimated 178.98 million metric tons of geological limestone reserves, of which 161.08 million metric tons are mineable, ensuring long-term raw material security for the company.

    Bhugarbha Cement has expanded its market presence across Lumbini, Gandaki, Karnali, Sudurpaschim, and the Kathmandu Valley, where its products have gained strong acceptance. The company produces both Ordinary Portland Cement (OPC) and Portland Pozzolana Cement (PPC) using modern technology.

    At present, the company’s daily cement production capacity stands at 1,500 metric tons, while clinker production remains at 300 metric tons per day.

    Financial Performance and Future Outlook

    Bhugarbha Cement recorded a turnover of NPR 1.6698 billion in fiscal year 2024/25 (2081/82), representing an increase of nearly 20 percent compared to the previous year. In the first nine months of 2025 alone, the company’s turnover exceeded NPR 1.135 billion, reflecting growing demand and a strengthening market position.

    Looking ahead, the company plans to further increase daily production capacity, invest in technological upgrades, and enhance quality testing and assurance systems to improve customer satisfaction. Bhugarbha Cement has emphasized its commitment to environmentally friendly production, local employment generation, safe working conditions, and corporate social responsibility, positioning itself as a key player in Nepal’s sustainable industrial development.

    Operating under the slogan “Strong from the Core”, Bhugarbha Cement continues to focus on quality, sustainability, and long-term growth as it moves closer to becoming a billion-rupee company.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026