
भूगोल इनर्जी डेभलपमेन्टको हकप्रद सेयर निष्कासनका लागि बोर्डमा आवेदनBhugol Energy Development Applies to Issue Rights Shares
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको आधारमा १ बराबर ०.८८६६ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो। यसअनुसार कम्पनीले कुल ४८ लाख २३ हजार ८४० कित्ता हकप्रद सेयर बिक्रीका लागि बोर्डसँग अनुमति मागेको छ।
हकप्रद सेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनआइसी एसिया क्यापिटललाई दिइएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएपछि हकप्रद सेयर बिक्री खुला गर्ने जनाएको छ।
Bhugol Energy Development Company Limited has submitted an application to the Securities Board of Nepal seeking approval to issue rights shares.
The company plans to issue rights shares in the ratio of 1:0.8866 (one existing share for 0.8866 rights shares). Based on this ratio, Bhugol Energy Development has applied to issue a total of 4,823,840 shares.
The issue and sales manager for the rights offering has been appointed as NIC Asia Capital.
The company stated that the rights share issuance will be opened to investors after receiving approval from the Securities Board of Nepal.




