भुजुङ्ग हाइड्रोपावर लिमिटेड
टोखा-१०, काठमाडौँ
पाँचौँ वार्षिक साधारण सभा सम्बन्धी सूचना !
(प्रथम पटक प्रकाशित मिति: २०८३/०५/३१ गते)
आदरणीय शेयरधनी महानुभावहरू,
मिति २०८३ साल भदौ महिनाको ३० गते बसेको यस भुजुङ्ग हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको बैठकले निर्णय गरे अनुसार यस लिमिटेड कम्पनीको पाँचौँ वार्षिक साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा निम्न विषय उपर छलफल तथा निर्णयहरू गर्नको लागी बस्ने भएको हुँदा संस्थापकहरू तथा शेयरधनी महानुभावहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
साधारण सभा हुने मिति समय र स्थान:
साधारण सभा हुने मिति : २०८३/०६/२२ गते विहीबार (तद अनुसार सन् २०२६ अक्टोवर ०८)
सभा हुने समय : विहान ११:०० बजे
स्थान : Amrapali Banquet Catering & Event Pvt.Ltd.,Bhatbhateni (Baluwatar Road), Kathmandu, Nepal
वार्षिक साधारण सभामा छलफल तथा निर्णयका लागि निर्धारित विषय सूचीहरू:
(क) साधारण प्रस्ताव:
- आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने सम्बन्धमा।
- लेखापरिक्षकको प्रतिवेदन सहित २०८३ अषाढ मसान्तको वासलात र मिति २०८२ श्रावण महिनादेखि २०८३ असाढ मसान्तसम्मको नाफा नोक्सान बाँडफाँड हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू माथि छलफल गरि पारित गर्ने सम्बन्धमा ।
- आर्थिक वर्ष २०८३/०८४ को लागी कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।
- आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालक समितिबाट भए गरेका निर्णय, काम कारवाहीहरू अनुमोदन गर्ने सम्बन्धमा ।
- विविध ।
(ख) विशेष प्रस्ताव:
१. कम्पनीले अन्य कुनै कम्पनीमा लगानि गर्नका लागि प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धमा ।
(ग) विविध प्रस्ताव:
वार्षिक साधारण सभा सम्बन्धि अन्य जानकारीहरू:
- वार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०८३/०६/१३ गतेका दिन कम्पनीको शेयरधनी दर्ता किताब बन्द गरिनेछ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८३/०६/१२ गतेका दिनसम्म कारोबार भई शेयर खरिद गरि आफ्नो नाममा शेयर नामसारी भई आएका शेयरधनीहरू सो सभामा भाग लिन योग्य हुनेछन ।
- शेयरधनी महानुभावहरूलाई वार्षिक साधारण सभाको सूचना सम्बन्धी कागजातहरू शेयरधनी दर्ता किताबमा कायम रहेको ठेगानामा जानकारी गराईनेछ । कुनै कारणवस कुनै शेयरधनी महानुभावहरूलाई सूचना प्राप्त नभएमा कम्पनीको रजिष्ट्रड कार्यालय काठमाण्डौ जिल्ला टोखा न. पा. वडा नं. १० सामाखुसीमा सम्पर्क गर्न सकिनेछ ।
- वार्षिक साधारण सभामा भाग लिन हुने शेयरधनि महानुभावहरूलाई आफ्नो परिचय पत्र सहित उपस्थित हुन अनुरोध छ, अन्यथा सभाकक्ष भित्र प्रवेश गर्न पाइने छैन । सभामा भाग लिन प्रत्येक शेयरधनि महानुभावले सभाको दिन सभा सुरू हुनु भन्दा पहिले नै उपस्थित भई त्यहाँ रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नुहुन अनुरोध छ । हाजिरी पुस्तिका विहान १०:०० बजेदेखि सभा सञ्चालन रहेसम्म खुल्ला रहने छ ।
- सभामा भाग लिनको लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनी महानुभावहरूले आफ्नो सम्पूर्ण शेयरको एउटै प्रतिनिधि पत्र (प्रोक्सी) फारम भरी सभा शुरू हुने समय भन्दा कम्तीमा ४८ घण्टा अगाडि कम्पनीको रजिष्ट्रड कार्यालय, काठमाण्डौ जिल्ला टोखा न.पा. वडा नं. १० सामाखुसीमा दर्ता गरिसक्नु पर्नेछ ।
- सभामा भाग लिनको लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसकेपछि वा प्रतिनिधि फेरबदल गर्न चाहेमा पनि सभा शुरू हुनुभन्दा कम्तीमा २४ घण्टा अगावै कम्पनीको रजिष्ट्रड कार्यालय सामाखुसी काठमाण्डौमा प्राप्त हुने गरी सोको सूचना पठाउनु पर्नेछ । उक्त दिन सार्वजनिक विदा हुन गएपि उल्लेखित प्रयोजनको लागी कम्पनी खुल्ला रहनेछ।
- साधारण सभामा प्रस्तुत गरिएका प्रस्तावहरूमा आफ्नो राय तथा सुझावहरू दिन चाहनुहुने शेयरधनीहरूले मिति २०८३/०६/२० गते दिउँसोको ११:०० बजे सम्ममा आफ्नो राय तथा सुझावहरू उपलब्ध गराउने शेयरधनीहरूले मात्र उक्त सभामा आफ्नो राय तथा सुझावहरू राख्न पाउनेछन् ।
- संरक्षक रहनु भएका शेयरधनीको तर्फबाट शेयरधनी दर्ता किताबमा संरक्षकको रूपमा नाम दर्ता भएको व्यक्तिले, संयुक्त रूपमा शेयर खरिद गरिएको अवस्थामा शेयरधनी दर्ता किताबमा पहिले नाम उल्लेख भएको व्यक्ति, अथवा सर्वसम्मतिबाट प्रतिनिधि नियुक्त गरिएको एक व्यक्तिले र कुनै संगठित संस्था वा कम्पनीले शेयर खरिद गरेको हकमा त्यस्ता संगठित संस्था वा कम्पनीले मनोनित गरेको प्रतिनिधिले शेयरधनीको हैसियतले सभामा भाग लिन पाउनेछन् ।
- शान्ति सुरक्षाका कारण साधारण सभामा उपस्थित हुने शेयरधनी महानुभावहरूलाई यथाशक्य झोला, ब्याग नल्याउनु हुन अनुरोध छ । सभाको सुरक्षाकालागि खटिएका सुरक्षाकर्मीहरूले शेयरधनी महानुभावहरू लगायत सभाकक्षमा प्रवेश गर्ने सबैको झोला, ब्याग र शरिर जाँच गर्न सक्नेछन् ।
- कम्पनी ऐन, २०६३ को दफा ८४ अनुसारको संक्षिप्त वार्षिक आर्थिक विवरण, सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, शेयरधनीको विवरण, शेयरधनीहरूले निरीक्षण वा प्राप्त गर्न चाहनु भएमा यस संस्थाको रजिष्ट्रड कार्यालय काठमाण्डौ जिल्ला टोखा न.पा. वडा नं. १० सामाखुसी तथा यस कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नागपोखरी, काठमाण्डौबाट नियमअनुसार प्राप्त गर्न सक्नु हुनेछ ।
नोट: साधारणसभा सम्बन्धि कुनै जानकारी चाहिएमा कम्पनीको वेवसाईट र कम्पनीको रजिष्ट्रड कार्यालय टोखा न.पा. वडा नं. १० सामाखुसीमा सम्पर्क गर्न सकिनेछ ।
सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव



