
Top
1 min read
NEPSETRADING
भुजुङ्ग हाइड्रोपावर लिमिटेडको शेयर नेप्सेमा सूचीकृत, चैत ८ देखि नियमित कारोबार सुरुBhujung Hydropower Limited Shares Listed on NEPSE, Regular Trading to Begin from Chaitra 8
चैत ५ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भुजुङ्ग हाइड्रोपावर लिमिटेड (BJHL) को शेयर पहिलोपटक सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीका कुल १ करोड कित्ता शेयर सूचीकृत भएका छन्। यसमा सर्वसाधारण शेयरधनीहरुलाई वितरण गरिएको २० लाख कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेका ८० लाख कित्ता शेयर समावेश छन्। नेप्सेले कम्पनीलाई ९० रुपैयाँ ४ पैसादेखि २७० रुपैयाँ १२ पैसासम्मको ओपनिङ्ग मूल्य रेञ्ज प्रदान गरेको छ। सोही मूल्य रेञ्जअनुसार आगामी आइतबार (चैत ८ गते) स्पेशल प्रि–ओपन सेसनमा कारोबार भएपश्चात कम्पनीको शेयर नियमित बजारमा किनबेच गर्न सकिनेछ। नेप्सेले कम्पनीलाई BJHL स्टक टिकर पनि प्रदान गरेको छ।
On Thursday, Chaitra 5, Bhujung Hydropower Limited (BJHL) was officially listed on the Nepal Stock Exchange (NEPSE). A total of 10 million shares of the company were listed, including 2 million shares distributed to the general public and 8 million shares invested by the company’s founders. NEPSE has set an opening price range of NPR 90.04 to NPR 270.12 for the company’s shares. Based on this range, trading will begin in a special pre-opening session on Sunday, Chaitra 8, after which the shares will be available for regular market trading. NEPSE has also assigned the company the stock ticker BJHL.




